दाङमा आगो ताप्ने क्रममा जलेर एक बृद्धा घाइते

दाङ, ७ माघ । दाङमा आगो ताप्ने क्रममा जलेर एक बृद्धा घाइते हुनुभएको छ । घरमा आगो ताप्ने क्रममा लगाएको कपडाबाट आगो सल्किदा शान्तिनगर गाउँपालिका वडा नं ७ घुसुरा निबासी ७१ बर्षीया मैमी भण्डारी घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

Blog Post Ad

हिजो बेलुका आगोले पोल्दा भण्डारीको कम्बरदेखि तलको अधिकांस भाग जलेको बताईएको छ । घाईते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ ।

Blog Post Ad