शिवु खनाल
देउखुरी, ६ माघ । पतञ्जली याेग नगर समिति लमहीले आयाेजना गरेको खुल्ला रक्तदान कार्यक्रमको अबसरमा २१ जनाले रक्तदान गरेका छन् । छैँठौ राष्ट्रिय याेग दिवसकाे अबसरमा पतञ्जली योग समिति दाङको साता ब्यापी कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरिएको पतञ्जली योग नगर समितिका अध्यक्ष भेषराज भट्टराईले जानकारी दिनुभयाे ।
लमही नगर समितिका अध्यक्ष भेषराज भट्टराईको अध्यक्ष्यता तथा लमही नगरपालिकाकि उपप्रमुख देबका बेल्बासेकाे प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रमको उद्घाटन गरिएको हाे ।
कार्यक्रम बाेल्दै प्रमुख अतिथि बेल्बासेले रक्तदान गर्ने बानिकाे बिकाश गर्न जरुरी रहेकाे बताउँदै सानाे सहयाेगले कसैकाे ज्यान जाेगाउन सकिने भएको हुँदा रक्तदानमा लाग्न सबै लागि आग्रह गर्नुभयाे ।
नेपाल रेडक्रस रक्तसंचार सेवा केन्द्र घाेराहीका प्रमुख दिलिप न्याैपानेकाे नेतृत्वमा रहेकाे पाँच सदस्यीय चिकित्सक टाेलि खटिएका थिए । साताब्यापी रुपमा मनाइएको दिवसकाे बुधबार एक कार्यक्रमको आयोजना गरी दाङमा समापन गरिने आयोजकले जनाएको छ ।