दाङमा जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

दाङ, ७ माघ । दाङमा जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरिएको छ । दंगीशरण गाउँपालिका ७ श्रीगाउँ निबासी ३० बर्षीय हरि देवकोटालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Blog Post Ad

देवकोटाले माघ ३ गते राति एक महिलामाथि जबरजस्ती करणी गर्न खोजेको भनी उजुरी परेकाले अनुसन्धानकालागि पक्राउ गरिएको प्रहरीले बताएको छ । मापसे गरेर ति महिलामाथि हातपात गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको हो ।

Blog Post Ad

करणीको प्रयास गरेपछि महिलाले घरभित्र थुनेर प्रहरीलाई बोलाएपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । देवकोटालाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ ।