लखनकपमा फिफाको नियम मान्य हुँदैन : अध्यक्ष खालु पुन

घोराही, फागुन २१ । विवादका कारण स्थगित भएको लखन थापा कप रनिङ फुटवल प्रतियोगिताको फाईनल खेल पुनः हुने भएको छ । फागुन १७ गते शुक्रबार भएको फाईनल खेल विवादपछि स्थगित भएको थियो ।

Blog Post Ad

Blog Post Ad

अबको अवैध खेल

रेफ्रीले विजेता घोषणा सहित समापन गरिसकेको खेल आयोजकले फेरी खेलाउन थालेको छ । २५ गते हुने भनिएको खेलमा अर्को रेफ्रि को हुने भन्ने अन्यौलता अझै कायम छ । २३ वटा खेल समूह सहभागी भएको प्रतियोगिताको फाईनल खेलका लागि आवस्यक पर्ने रेफ्रीको व्यवस्था आयोजकले कसरी गर्ने भन्ने अन्यौल छ ।

नियम विपरित खेल खेलाउने रेफ्रीहरुको लाईसेन्स खारेज हुने फुटवल खेलाडीहरु बताउछन् । ‘वाक ओभर’ भैसकेको खेल अर्को पटक खेलाउन नमिल्ने रेफ्री केसीले बताउनुभयो । ४१ मिनेटमा सकिएको खेललाई आयोजकले पुनः सुरु देखि खेलाउने भनेको छ । ‘जिल्लाका युवा खेलाडीहरुको विकासका लागि हामीले दुःख गरेर आयोजना गरेको खेल हो । सबैले निकासको बाताबरण मिलाउनुपर्छ ।’लखनकपमा आयोजक नेपाल मगर संघका अध्यक्ष खालु पुनले भन्नुभयो फिफाको नियम मान्य हुँदैन, हाम्रो आफ्नै नियम लागु गर्छौ ।

घोराहीको जागरुक एकता युवा क्लवलाई सेमिफाईनलमा पछि पार्दै फाईनलमा पुगेको यूएनविसी र अटल युवा क्लव हापुरलाई पछि पार्दै फाईनलमा पुगेको बडहरा युवा क्लव विच शुक्रबार फाईनल खेल भएको थियो । खेलको क्रममा पेनाल्टी बेहोर्न परेपछि बडहरा युवा क्लवका जर्सि नं. ७ का खेलाडी विजेन्द्र घर्ति मगरले रेफ्री अमृत केसीमाथि हातपात गरेका थिए ।हातपात पछि रेफ्री केसीले विजेन्द्र घर्ति मगरलाई रातो कार्ड दिएपछि विवादले उग्र रुप लिएको हो ।

बडहरा युवा क्लवका खेलाडीहरुले रातो कार्ड फिर्ता लिनु पर्ने माग गरेका थिए । रेफ्रीले रातो कार्ड फिर्ता नलिएपछि बडहरा युवा क्लवका खेलाडीहरु १० जना मात्रै खेल नखेल्ने निर्णय लिएर खेल सुरु भएको ४१ औँ मिनेटमा मैदान छोडेका थिए ।बडहराको समूहले मैदान छोडेपछि रेफ्रि केसीले सिठ्ठि फुकेर खेल समाप्त भएको घोषणा गरेका थिए । स्थानीय रेफ्री राख्दा विवाद आउन सक्ने अवस्थाको मुल्यांकन गरेर आयोजक नेपाल मगर संघ दाङले राष्ट्रियस्तरको रेफ्रि झिकाएको थियो ।

बडहराको समूहले मैदान छोडेपछि फिफा र एन्फाको नियम अनुसार यूएनविसीले उपाधी प्राप्त गर्नुपर्ने दाङ जिल्ला फूटवल संघका महासचिव नरेन्द्र पुनले जानकारी दिनुभयो । ‘आयोजकको निर्णय मान्य हुने भन्दैमा फिफा र एन्फाको नियम मिच्न नपाईने हो ।’ महासचिव पुनले भन्नुभयो ।

यता आयोजक नेपाल मगर संघ दाङका अध्यक्ष खालु पुनले फिफाको नियम भन्दा पनि व्यवहारिक भएर सोच्नु पर्ने अबस्था आएको बताउनुभयो । ‘दुवै समूहलाई सहमती र वार्ता गरेर आउनुस् भनेको हो, उहाँहरु मान्नु भएन, त्यसपछि आयोजकले निर्णय गरेको छ ।’ अध्यक्ष पुनले भन्नुभयो, ‘फागुन २५ गते फाईनल खेल हुन्छ, दुई समूहलाई पत्राचार भैसकेको छ, र उहाँहरु आएर खेल्नु हुन्छ भन्ने विस्वास छ ।’यूएनविसीले जितेको खेल

बडहरा समूहले खेल ‘वाक ओभर’ गरिसकेपछि यूएनविसीले उपाधी प्राप्त गरिसकेको रेफ्री अमृत केसीले बताउनुभयो । ‘मलाई रेफ्रीको रुपमा बोलाईएको हो, मैले निश्पक्ष रुपमा खेलाएको पछि हो । अनुशासनहिनको रुपमा कार्वाही गर्नुपर्ने अबस्था आएपछि मैले एक्सन लिएको हुँ ।’ रेफ्री केसीले भन्नुभयो, ‘बडहरा समूहले वाकओभर गरेपछि उपाधी यूएनविसीले प्राप्त गरेको घोषणा मैले गरिसकेको छु ।’

दुई खेल समूह मध्य एक जनाले अनुशासन तोडेर मैदान छोडेपछि अर्को समूह विजेता हुने फिफाको नियम हो । जिल्ला फूटबल संघका महासचिव पुनले समेत यूएनविसीले लखनकपको उपाधी प्राप्त गरिसकेको बताउनुभयो । यूएनविसीले जितेको खेलमा आयोजकले पुनः खेल खेलाउन थालेको छ ।

 

एउटा गलत नजीर

अनुशासनहिनको रुपमा मैदान छोडेर खेल बहिस्कार गरेको बडहरा युवा क्लवको समूहको पक्षमा आयोजकले निर्णय गरेर गलत नजीर निर्माण गरेको छ । रेफ्रीमाथि हातपात गरेर खेल नै बहिस्कार गरेको समूहलाई आयोजकले पुनः मैदानमा उतार्नका लागि पत्राचार गरेको छ । ‘यो जिल्लाका लागि निक्कै ठुलो खतराको विषय हो ।’ रेफ्री केसीले भन्नुभयो, ‘भोलीका दिनहरुमा जिल्लामा हुने फुटवल प्रतियोगिताका लागि गलत नजीरको रुपमा देखा पर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *