खानेपानी सस्थामा डिसी समुह विजयी

स्थानिय तहको चुनावको झल्को दिने गरि घोराहीमा हिजो सम्पन्न खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको अध्यक्षमा देविबहादुर डिसीको पुरै समुह विजयी भएको छ । खानेपानीमा नयाँ पदाधिकारीको लागि सहमतिको प्रयास असफल भए पछि चुनाव गरिएको थियो । जसमा प्रजातान्त्रीक र प्रगतिशिल गरी दुइ समुह खडा गरिए पछि चुनाव भएको थियो ।

Blog Post Ad


घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा अध्यक्षमा फेरी पनि छैठौं पटकका लागि देवी बहादुर डिसी बिजयी भएका छन् । उनले प्रतिद्धन्द्धी गणेश श्रेष्ठभन्दा एक हजार २१ बढी मत प्राप्त गरेर बिजयी भएका हुन् ।

Blog Post Ad


डिसीले एक हजार नौ सय ९५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धि गणेश श्रेष्ठले नौ सय ७४ मत प्राप्त गरेका छन् । संस्थामा प्रजातान्त्रिक प्यानल पूरै बिजयी भएको छ ।

 

खानेपानी निर्वाचनमा उपाध्यक्षमा भरतमणि पाण्डे, सचिवमा सुमन शर्मा, कोषाध्यक्षमा धुव्र केसी विजयी भएका छन । भने खुल्ला सदस्यमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, महिला सदस्यहरूमा खुमा खड्का, यशोदादेवी पाण्डे, लक्ष्मीसिंह ठकुरी विजयी भएको निर्वाचन अधिकृत रेवतिरमण भट्टराईले जानकारी दिए । नेतृत्व आगामी तीन बर्षका लागि हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *