नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०,७५०

काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ७ हजार ६ सय ३७ जनामा गरिएकाे पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

Blog Post Ad

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० जना पुगेको छ। सोमबार ३५८ जना उपचारपछि निकाे भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १४ हजार  ९सय ६१ जना उपचारपछि निको भएका छन्।

Blog Post Ad

नेपालमा हालसम्म ५७ जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *