नेपालगञ्जका कर अधिकृतमा कोरोना पुष्टि, आन्तरिक राजश्व कार्यालय बन्द

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालगञ्ज, ११ साउन। आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका १ जना अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि सो कार्यालयलाई बन्द गरिएको छ ।

सो कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरेर सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण सुरु गरिएकोले उनीहरूको नतिजा नआउँदासम्म कार्यालय पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले कार्यालयका सम्पूर्ण कर्मचारी र उनका परिवारलाई होम क्वारेन्टाइन गरेर परिक्षण गराउन लागिएको जनाउँदै उनीहरू सबैको नतिजा नआएसम्मका लागि कार्यालयलाई बन्द गरिएको बताए ।

साउन ८ गते नगरको त्रिभुवन चोकमा गरिएको पीसीआर परीक्षणका क्रममा जुम्ला घर भएर नेपालगञ्जस्थित आन्तरिक राजश्व कार्यालयमा कार्यरत ती अधिकृतले परीक्षण गराउनु भएको थियो । शनिवार आएको परिक्षणको नतिजामा ती अधिकृतसहित अन्य तीन जनामा संक्रमण पुष्टि भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संक्रमित रहेको पुष्टि भएपछि राजश्व कार्यालयका अधिकृतलाई शनिवार बेलुकानै नेपालगञ्जस्थित आइसोलेसन सेन्टरमा पठाईएको थियो ।

राजश्व कार्यालयका प्रमुख पौडेलले दैनिक सयौंको संख्यामा बाँके र बर्दियाबाट कर बुझाउन आउने सेवाग्राहीका कारण निकै भिडभाडमा काम गर्नु पर्ने बाध्यताले गर्दा अधिकृतलाई कोरोना संक्रमण भएको आशंका गरिएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ती अधिकृतले गत केही महिनादेखि कतै टाढाको भ्रमण गरेको नदेखिएपनि उनलाई असारको महिनामा बर्दियास्थित सेवा कार्यालयमा भने केही समयका लागि खटाईएको सो कार्यालयले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *