‘बाढी पहिरोले बाटो बन्द भएपछि देउखुरी र नाकाको सम्बन्ध टुट्यो’

शिवु खनाल

Blog Post Ad

देउखुरी, (भैँसाहीनाका) १० साउन । भारतसंग जोडिएका दाङको अधिकांश नाका जोड्ने सडक पहिरोका कारण बन्द भएपछि नाकामा खाद्यान्न अभाव हुन थालेको नाकाबासीहरुले गुनासो पोखेका छन् । बर्षायाम सुरु भएसंगै राजपुर गाउँपालिकाले खोलेको जंग्रहवा देखि खांग्रानाका, बेला माररिखोला देखि पटौलीनाका र सुनपत्री खोला देखि सुनपत्थरीनाका जोड्ने सडक बाढि पहिरोका कारण बन्द भएको छ । जस्ले गर्दा आवतजावतमा समस्या उत्पन्न भएसंगै नाकामा खाद्यान्नको अभाव हुन थालेको भैसाहीनाका निवासी टंक विकले बताउनुभयो ।

Blog Post Ad

उहाँले भन्नुभयो,–। ‘नेपाल सरकारले गरेको लकडाउन खुकुलो भएपनि गाउँपालिकाले खोलेको नाका जोड्ने ट्र¥याक बर्षायाममा बाढि पहिरोका कारण बन्द छ । जस्ले गर्दा यो विपद्को बेला नाकामा खाद्यान्नको अभाव भएको छ । आवतजावत पूर्णरुपमा ठप्प छ । बाटो बन्द भएपछि नाका र देउखुरीको सम्बन्ध टुटेको छ ।’

बर्षायाम सुरु भएसंगै र नाका जोड्ने बाटो बन्द भएपछि भारतसंग जोडिएका दाङको नाका क्षेत्रमा खाद्यान्न पुग्न सकेको छैन, भौवानाका निवासी श्याम झाँक्रिले भन्नुभयो । उहाँका अनुसार करिब बीस दिन यता नाकामा खाद्यान्न पुग्न सकेको छैन । घर जे छ त्यहि खाएर गुजरा चलाउदै आएका छौ । गुजरा पनि एकदमै चले एक हप्ता सम्म चल्ला त्यसपछि नाकामा खाद्यान्नको हाहाकार हुन्छ । अहिले चाहिँ छरछिमेकमा अ‍ैचोपैचो गरेर जसोतसो गुजरा चलाएका छौ, उहाँले भन्नुभयो ।

यता नाकामा खाद्यान्नको अभाव हुन थालेपछि साँझ विहान गरि एक छाक खादै गुजरा चलाउदै आएको पटौलीनाका निवासी हेमराज गिरिले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘नाकामा खाद्यान्नको अभाव भयो । भारत जाउ नाका बन्द र रोग छ, नेपाल प्रवेश गर्ने बाटो बाढी पहिरोका कारण बन्द छ । खाद्यान्न अभावको कारण नाकामा हाहाकार होला जस्तो सृजना हुन थाल्यो तर, यो विषय स्थानीय पालिका मौन छ ।’

नाका जोड्ने बाटो बन्द भएपछि आवतजावतमा निकै कठिनाइ भएको बताउनुहुदै, वृद्धवृद्धाहरू लाई वृद्ध भत्ता लिन गाह्रो भएको भौवानाका निवासी निमकुमारी झाक्रिले दुखेसो पोख्नुभयो ।

बर्षायामको बाढि पहिरोले नाका जोड्ने बाटो बन्द भएपछि अफिससेल काम गर्ने असहज भएको छ, भैसाही स्कुलका प्रधानध्यापक टंक विकले उहीँ कुरा दोह¥याउनु भयो । बाटो बन्द भएपछि नाका यस्तो समस्या उत्पन्न भएको छ कि, विरामी भए स्वास्थ्य उपचार गर्न कहाँ जाने, कतिदिन नाकामा उपचार गर्न नपाइ रोग पाल्दै घरमै बस्ने, नाका बन्द भएको बेला पालिकाले जुन चासो देखाउनु पर्ने हो, त्यो कहिले देखाउने हो, गाउँपालिकाले किन मौन छ, उहाँले प्रश्न गर्नुभयो ?

यस्तै बाटो बन्दले गर्दा विकासको योजनाहरू सम्पन्न हुन नसकेको दुखेसो भौवानाका निवासी सन्तकुमार बुढाले बताउनुभयो । दैनिक उपभोग सामाग्री देखि लिएर सबै भारतको भरपर्नु बाध्यता थियो । लकडाउने गर्दा सबै नाका पूर्णरूपमा बन्द छन् । यो विपद्को बेला नेपाल प्रवेश गरौ बाटै छैन्, उहाँले भन्नुभयो,–। ‘घरमा हुनेले त अ‍ैचोपैसो गरेर खान्छन्, नहुनेको विकल्पै छैन, भोकै बस्ने हो ।

घरमा कसैको स्टक खाद्यान्न छैन ।’ ‘कित बाटो मर्मत गरेर नाकामा खाद्यान्न पु¥याउनु प¥यो, हैन भनेर भारत सरकारसंग समन्वय गरि नाकामा खाद्यान्न पु¥याउनु प¥यो ।’ ‘खाद्यान्न नहुँदा सिमा क्षेत्रमा बाच्न मुस्किल छ । लकडाउन त खुकुलो भए तर, न काम छ, न खाद्यान्न छ । यस्तो विपद् परेको बेला संघिय र प्रदेश सरकार परै जावस्, स्थानीय सरकार पुरै मौन बसेका छ । के हामी नेपाली नागरिक होइनौ र ? उहाँले प्रश्न गर्नुभयो ।’

यता राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले गाउँपालिकाबाट जे.सि.भि पठाएर बाटो मर्मत गरि नाकामा खाद्यान्न पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, पटकपटक बाटो मर्मत ग¥यो बर्षाको पहिरोले बाटो विग्रन्छ, आज जे.सि.भि पठाएर बाटो मर्मत ग¥यो, भोली पानी प¥यो भने फेरी उस्तै हुन्छ, बर्षायाममा अलि गाह्रो भएको छ । हामी गाउँपालिकाको टिम नाकामा खाद्यान्न पु¥याउन अन्य विकल्प पनि सोचि रहेका छाँै ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *