नेपालमा थप १४४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,९४५

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

Blog Post Ad

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार १४४ जनामा संक्रमण देखिएको हो।

Blog Post Ad

आज थपिएका १४४ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।

कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *