कुमारी बैंक र देव: विकास बैंकको एकीकृत कारोबार सुरु

कुमारी बैंक लिमिटेड र देव: विकास बैंक लिमिटेडको एकीकृत कारोबार आजबाट सुरु भएको छ । दुवै बैंकको सम्पन्न विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । मर्जर पश्चात कुमारी बैंक लिमिटेड को नामबाट एकीकृत कारोबार सुरु गरिनेछ ।

Blog Post Ad

यसैगरी, दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते बुधबार र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते आइतबार अन्तिम स्वीकृति दिएका थिए ।

Blog Post Ad

देवः विकास बैंकको शून्य दशमलव ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः विकास बैंकलाई प्राप्ति गरेको हो ।

प्राप्ति सम्वन्धि प्रस्ताव कुमारीले जेठ १९ गतेको विशेष साधारण सभामार्फत र देवः विकास बैंकले सोहि दिन सम्पन्न १३ औं वार्षिक साधारण सभामार्फत पारित गराएका थिए ।
सोहि सभाबाट देवः विकास बैंकले ८ दशमलव ५५ प्रतिशत बोनस शेयर पनि पारित गरेको छ । बोनस पश्चात देवः विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब ४४ करोड ८७ लाख ४२ हजार पुगेको छ ।

देवः विकास बैंकले तेस्रो त्रैमाससम्म कायम चुक्तापूँजि रू. ३ अर्ब १७ करोड ७१ लाखको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर दिएको हो ।

कुमारी बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रहेको छ । दुबै बैंक एक भएपछि चुक्तापूँजी रू. १३ अर्ब २८ लाख  ७२ हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *