नेपालमै पहिलोपटक मनाइयो पुरुष दिवस

स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा नेपालमा पहिलोपटक आज अन्तराष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको छ ।

Blog Post Ad

सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या समाजमा लुकि बसेकाले त्यसलाई उजागर गर्नु पर्ने उद्देश्यका साथ पुरुषदिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले बताए ।

Blog Post Ad

पुरुष दिवस महिलाको अधिकारलाई संकुचित पार्नका लागि नभई महिलाको अधिकार हनन् नगर्न पुरुषहरुलाई प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेको यौन दुव्र्यवहारको विषयमा थप जागरुकता ल्याउनका निम्ति आयोजनागरिएको संयोजक ठकुरीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *