अब श्रमदानपछि खाद्यान्न

दाङ, जेठ २ । घोराही उपमहानगरपालिका वडा नं. ४ का स्थानीयबासीहरुले लकडाउनमा राहतको समस्या भोग्नु परेन । न कुनै पत्रकारलाई फोन गर्नुप¥यो, न अधिकारकर्मीहरुलाई । लकडाउनमा मजदुरी रोकिए लगत्तै उनीहरुले राहत पाए । अहिलेसम्म दोस्रो चरणमा राहत वितरण भैसकेको वडा अध्यक्ष भिमबहादुर सार्कीले जानकारी दिनुभयो ।

यस अघि वडाका ६५० घरधुरीलाई करिब १२० क्विन्टल चामल, ७ क्विन्टल दाल, ७ क्विन्टल नुन, ३७० लिटर तेल र ७०६ पिस साबुन राहत स्वरुप वितरण भएको छ । अति बिपन्न, श्रमिक, कोठा भाडामा बस्ने मजदुरहरु र विद्यार्थीलाई समेत राहत स्वरुप उपलब्ध गराएको राहत बितरण एवम व्यवस्थापन युवा कार्यदलका संयोजक गिरबहादुर महराले जानकारी दिनुभयो ।

Blog Post Ad

वडाले अहिले श्रमदानपछि खाद्यान्न वितरणको नीति अबलम्बन गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारी र त्यसको रोकथामका लागि सरकारले बन्दाबन्दीको घोषणा गरेको छ । यस्तो अबस्थामा जनता भोकै मर्ने स्थिती नआओस् र काम पनि अगाडी बढोस् भन्ने उदेश्य वडाले श्रमदानपछि खाद्यान्न वितरणको नीति ल्याएको ४ नं. वडा अध्यक्ष सार्कीले जानकारी दिनुभयो ।

Blog Post Ad

वडामा प्रायः दलित, निम्न आयस्तर भएका बिपन्न परिवार र दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवार धेरै रहेको र यो अवस्थामा खाद्य संकट आउने देखेर वडा भित्रका जनतालाई काममा लगाउन खोजीएको उहाँले बताउनुभयो ।

सामाजिक दुरी कायम राख्दै र सुरक्षित हुने सम्पुर्ण उपायहरुको अवलम्बन हुने गरी हरेक प्रत्येक टोलका ५ देखि १० जना घरधूरीको एउटा श्रम सहकार्य समूह बनाएर काम शुरु गरेको वडाध्यक्ष सार्कीले बताउनुभयो । उनीहरुले सडकको नयाँ सडक निर्माण, पोखरी निर्माण, सिचाई, विद्यालय प्रांगण निर्माण आदिका काम गर्ने उहाँले बताउनुभयो । अहिलेसम्म करिब १५० घरधुरी श्रमदानमा सहभागी भएका छन् । श्रमदानमा सहभागी मित्रलाल नेपालीले वडा सरकारले आफू हरु जस्ता बिपन्न एबम दैनिक ज्यालामजदुरी गर्ने परिवारको अभिभाकत्व ग्रहण गरेको खुसी व्यक्त गर्नुभयो ।

राहत बितरण एवम् व्यवस्थापन युवा कार्यदलका संयोजक गिरबहादुर महराका अनुसार हुने खाने नै राहतका लागि मरिहत्ते गर्ने अबस्था आउन थालेपछि खाद्यान्नका लागि श्रमदान गर्नु पर्ने नीति अबलम्बन गर्नु परेको हो । ४२ टोल बिकास संस्था रहेको ४ नं. वडामा पहिलो चरणमा अति विपन्न परिवार छनोट गरी नयाँ बाटोको ट्रयाक खन्ने काम सुरु गरिएको छ । घोराही ४ बाह्रहाङ्गे सरे सोतादेखि लक्ष्मीपुर सुकेदहसम्म करिब ४ किलो मिटर बाटोको ट्रयाक खोल्ने काम सुरु भएको छ । प्रतिपरिवारको १ जना व्यक्ति उक्त श्रमदानमा जान पाउने व्यवस्था गरिएको छ ।

उक्त व्यक्तिलाइ ३ दिनसम्म काम गर्न पाउने व्यवस्था गरिएको छ । श्रमदान गरे बापत प्रत्येक व्यक्तिले २५ केजि चामल, १ केजि दाल, १ केजि नुन र १ पोका तेलको व्यबस्था गरिएको संयोजक महराले जानकरी दिनु भएको छ । अपाङ्ग अशक्त र काम नै गर्न नसक्ने परिवारका लागि भने श्रमदान गर्नुनपर्ने र उनिहरुको परिवारको अवस्था हेरेर राहतको व्यवस्था गरिएको छ ।

बनको सिमाना हुँदै दाङको रणनीतिक योजनाको रुपमा रहेको बाहिरी चक्रपथको अबधारणालाइ मध्यनजर गर्दै ट्रयाक खोल्ने नीति वडाले ल्याइ काम सुरु भएको देख्दा बिकासको नया आयाम थपिएको र जनता पनि भोकै मर्ने स्थितीको मुल्यांकन गरि श्रमदानको नीति मार्फत काम भएको देख्दा आफुहरुले साच्चिकै स्थनिय सरकार भएको महसुस गर्न पाइएको स्थानिय समाजसेवि शिक्षक चामबहादुर बिकले बताउनुभयो ।

 

संकटको समयमा जुनसुकै पार्टीको सरकार भएपनि वडा सरकारले पहल लिइ जनताको सवालका बिषयमा ल्याएको नीति र उक्त संकट सामना गर्नका लागि सहयोग गर्न आफूहरु सदैव तयार रहेको नेपाली काँग्रेस ४ न वडाका सभापती युबराज आचार्यले बताउनुभयो । कृषि गरी खाने परिवार समस्यामा नरहे पनि अनौपचारिक क्षेत्रमा दैनिक ज्याला मजदुरी गरि खाने नागरिकहरु जसलाई लकडाउनको समयमा आयआर्जनमा समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *