प्रतिष्ठानमा कमाउ धन्दा सुरु

राप्ती क्षेत्रका जनताहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना गरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कमाउ धन्दा सुरु भएको छ । प्रतिष्ठानले सेवाग्राहीबाट विभिन्न वाहानामा मोटो रकम असुल्ने गरेको खुलासा भएको छ ।

Blog Post Ad

Blog Post Ad

शुल्कबृद्धिको निर्णय लागु नगर्न गत पुस २० गते उच्च अदालतले स्टेअडर जारी गरे पनि घुमाउरो तरिकाले बिरामीबाट मोटो रकम असुली भइरहेको स्रोतको दावी छ । प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले बिरामीका आफन्तहरुलाई एकान्तमा लिएर कन्भेन्स गर्दै महङ्गो शूल्क असुल्ने गरेको नाम नबताउने सर्तमा एक बिरामीका आफन्तले जानकारी दिए ।

रिपोटिङ्गमा प्रतिष्पठानमा पुगेका सम्वाददातासँग उनले भने, ‘हिजो साँझ एक्कासी आएर अप्रेसन गर्नुपर्छ । २५÷३० हजार जम्मा पार्नुहोस् । समयमै अप्रेसन नगरेमा जे पनि हुनसक्छ भनेर डाक्टरले भन्नुभयो । त्यत्रो पैँसा कहाँबाट ल्याउने अन्यौलमा परेको छु ।’ डाक्टरको नाम आफूलाई थाहा नभएको भन्दै उनले आफूलाई आपतकालिन कक्ष अगाडि ल्याएर डाक्टरले कन्भेन्स गर्ने कोसिस गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *