भारतीय कवारेन्टाईनमा रहेका एक नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

दाङ, ३१ बैशाख। स्वदेश फर्किने पर्खाइमा रहेका सीमावर्ती भारतीय कवारेन्टाईनमा बसेका मध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।नौतुनावास्थित माड्रन एकाडेमी स्कूलको कवारेन्टाईनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक डा. उज्ज्वल कुमारले बताउनुयो ।

Blog Post Ad

पच्चीस वर्षीय ती युवक बसेको उक्त क्वरेण्टीनमा ८२ नेपाली छन् । ती युवक मुम्बईदेखि आएको भारतीय पत्रकार अरविन्दले बताउनुभयो । रुपन्देहीको सीमापारी रोकिएका एक हजार नेपालीलाई आज नेपाल ल्याउने तयारी गरिरहँदा एक जनामा कोरोना देखिएको हो ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *