प्रिमियर इन्स्योरेन्सद्वारा डाँगीलाई ४२ लाख बढी बिमा रकम हस्तान्तरण

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, चैत्र २ । घोराही स्थित प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड घोराही शाखाले बिमा वापतको बयालिस लाख उनान्तिस हजार रकम शोभाकर डाँगीलाई हस्तान्तरण गरेको छ ।


डाँगीले प्रिमियर इन्स्योरेन्समा टिप्परको बिमा गर्नुभएको थियो । गत भदौ २७ गते उक्त टिप्पर घोराही– होलेरी सडक खण्डमा ब्रेक फेल भई सडक खण्डदेखि २०० मिटर तल खसेर पूर्ण रुपमा क्षति भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आइतबार एक कार्यक्रमका बीच कम्पनी म्यानेजर प्रवेश न्यौपानेले स्वर्गद्वारी टिप्पर व्यवसायी समितिका अध्यक्ष भरतनाथ योगीको रोहबरमा उक्त बिमा रकमको चेक डाँगीलाई हस्तान्तरण गर्नुभएको थियो । भरपर्दो र विश्वासनिय प्रिमियर इन्स्योरेन्सले सवारी साधनहरुको बिमा गरिरहेको छ । काठमाण्डौं केन्द्रीय कार्यालय रहेको प्रिमियर इन्स्योरेन्सले विभिन्न जिल्लामा आफ्नो सेवा प्रवाह गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *