दाङमा ६ महिनामा ३ सय जोडिको सम्बन्ध बिच्छेद

घोराही, ११ फागुन | दाङमा चालु आर्थिक बर्षको ६ महिनामा झण्डै ३ सय जोडिले सम्बन्ध विच्छेद गरेका छन् । दाङ देउखुरी जिल्ला अदालतको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ६ महिनामा दर्ता भएका ६ सय ८८ सम्बन्ध बिच्छेदका मुद्धा मध्य २ सय ९८ जोडिको सम्बन्ध बिच्छेद भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अघिल्लो बर्षको भदौ महिना देखी पुरुषलाई पनि सहजै अदालतमा सम्बन्ध बिच्छेदका लागि जान सक्ने कानुनी व्यवस्था सृजना गरेपछि मुद्धाको संख्या बढेको हो ।

चालु आर्थिक बर्षका २ सय ९१ मुद्धा फाच्र्यौट हुन बाँकी रहेकोमा १ सय ५३ पुरुष र एक सय ३६ महिलाले दिएका निबेदन रहेको अदालतका शाखा अधिकृत बसन्तराज जोशीले जानकारी दिनुभयो । बढ्दो बाल बिबाह, झैझगडा र बैदेशिक रोजगारीले सम्बन्ध बिच्छेदका मुद्धा धेरै आउने गरेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

श्रीमानबाट पिडितहरु यस अघि अदालतमा जाने गरेका थिए भने पछिल्लो समय बनेको कानुन अनुसार श्रीमतीबाट पिडित पुरुषहरु समेत अदालतमा सम्बन्ध बिच्छेदका लागि जानेको संख्या उस्तै देखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *