युएनबिसी र सक्सेस सेमिफाइनलमा प्रवेश

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ११ फागुन | युएनबिसी र सक्सेस क्लब तुलसीपुर घोराहीमा जारी प्रथम सहिद लखन थापा मगर रनिङ शिल्ड फुटबल प्रतियोगीताको सेमिफाइनलमा पुगेको छ । रतनपुर ११ लाई टाईब्रेकरमा हराउँदै सक्सेस सेमिफाइनल पुगेको हो भने युएनबिसीले राप्ती क्लबलाई २-१ ले पराजित गरेको छ |

निर्धारित समयमा रतनपुर ११ का रुपक शाहीले २ र सक्सेसका बिनोद केसी र कृष्ण रानाभाटले १-१ गोल भएपछि खेल टाईब्रेकरबाट छिनोफानो गरिएको हो । सक्सेसले रतनपुरलाई टाईब्रेकरमा ४—३ गोल अन्तरले हराएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै युएनबिसीका सविन वली र तिलक घर्तीले १-१ गोल गरेका थिए । भोली सोमबार अन्तिम क्वाटरफाइनल खेलमा नवलपुर फुटबल एकाडेमी मेगा युथ क्लबबीच प्रतिष्पर्धा हुने छ ।

नेपाल मगर संघ दाङको आयोजनामा खेल भईरहेको छ । प्रतियोगिताको उपाधि बिजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपेैया पाउनेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया पाउने खेल संयोजक प्रेम बुढा मगरले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *