लमही महोत्सवको उद्घाटन गर्न कानूनमन्त्री केसी आउने

ओमप्रकाश गुप्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिसहनियाँ २१ पुस । दाङ देउखुरीको लमहीमा माघ २४ गते देखि फागुन ५ गते सम्म सञ्चालन हुन लागेको पर्यटन,कृषि तथा व्यापारीक महोत्सवको उद्घाटन गर्न प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी(सोनाम) आउने भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लमही चेम्बर अफ कमर्सको आयोजनामा घुम्न जाऔँ देउखुरी भन्ने मुल नाराका साथ भ्रमण वर्ष २०२० लाई विशेष टेवा पु¥याउने तथा देउखुरीको छुट्टै पहिचानका लागि लमही नगरपालिका ५ रातोडाँडामा सञ्चालन हुने महोत्सवलाई उद्घाटन गर्न मन्त्री सोनाम आउने पक्का भएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले जानकारी दिएका छन् । मन्त्री सँगै प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यहरू पनि आउने भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसै बिच महोत्सवमा महानायक राजेश हमाल लगायत दर्जानौ कलाकार आउने भएका छन् । स्थानीय ब्यापार प्रवर्द्धनमा बिकास गर्ने, सम्पुर्ण देउखुरी क्षेत्रमा रहेका धार्मिक ऐतिहासिक एवं पुरातात्विक बस्तु तथा स्थानहरूको प्रचार प्रसारमा सहयोग पु¥याउने, स्थानीय कलाकार खोजी गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने, कृषि घरेलु उद्यम परम्परागत पेशा ब्यवसायको प्रवर्धन गर्दै प्रचार प्रसार गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउने उद्देश्यका साथ महोत्सव गर्न थालिएको हो ।

महोत्सबमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले देउखुरीका पर्यटन तथा धार्मिक स्थलको अबलोकन गर्न चाहेमा गाडीको ब्यबस्था सहित अवलोकन गराईनेछ । देउखुरीलाई केन्द्रीय स्तर सम्म चिनाउन पर्यटकिय स्थलको अबलोकन गराईने आयोजक संस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उता महोत्सव तयारी स्वरूप यति बेला तारबार र स्टल निमार्णका साथै स्वागत गेट निमार्ण,पत्रचारको काम समेत सुरू भइसकेको संस्थाका वरिष्ठ उपाध्यक्ष किरण शाहले जानकारी दिएका छन् । महोत्सबमा करिब ३ लाख पर्यटकले अबलोकन गर्ने र ३ करोड रुपैयाँ कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ । महोत्सबमा बाल उद्यम, मौतका कुवा, चर्खे पिङ, डुङ्गाका साथै स्थानिय तथा ख्याती प्राप्त केन्द्रीय कलाकारहरुको प्रस्तुती रहने छ । साथै महोत्सबमा २ सय भन्दा बढी स्टल रहने छन् भने ३० वटा कृषि स्टल निशुल्क रहने छन् ।

महोत्सबको अवलोकनका लागी जेष्ठ नागरिक र ५ बर्ष मुनिका बालबालिकालाई टिकटमा पुरै छुट हुने ब्यबस्था छ भने बिद्यार्थीको हकमा शनिबार मात्र छुट हुनेछ । महोत्सबमा नेपाल सरकारको प्रतिबन्धमा परेका सरसामान उपलब्ध नहुने बताईएको छ । महोत्सवलाई ब्यबस्थित र सभ्यका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन भईसकेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जस अन्तर्गत सचिबालय उपसमिति संयोजकमा केशबराज अधिकारी, स्टल टिकट ब्यबस्थापन उपसमिती संयोजकमा हरिराम चौधरी, मंच ब्यबस्थापन उप समिती संयोजकमा सितल भुसाल, आर्थिक तथा झांकी उपसमिति संयोजकमा सशिराम नेपाली, सांस्कृतिक ब्यबस्थापन उपसमिति संयोजकमा प्रमोद बस्नेत, अनुगमन तथा मुल्यांकन उपसमिति संयोजकमा निम बहादुर थापा, अतिथी सत्कार उपसमिति संयोजकमा कमला चुंदाली, स्वयंसेवक ब्यबस्थापन उपसमितिमा राजेन्द्र श्रेष्ठ, स्वागतद्वार निर्माण उपसमिति संयोजकमा भीष्म गैर, प्रचार प्रसार उपसमिति संयोजकमा पत्रकार शिवराज खनाल सदस्यहरुमा पत्रकार ओमप्रकाश गुप्ता र टेकबहादुर पुन जिम्मा दिइएको छ ।

महोत्सबको तयारी तिब्र गतीमा भईरहेको र महोत्सब सकिएको १ हप्तामै पत्रकार सम्मेलन गरि पारदर्शी हिसाब देखाउने आयोजकले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *