तुलसीपुरमा घर-घरमै पुगेर हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइने

तुलसीपुर, १९ माघ | हात्तिपाइले बिरुद्धको औषधि खुवाउने अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरमा झण्डै पाँच सय जना स्वास्थ्यकर्मि परिचालन गरिने भएको छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार तुलसीपुरका १९ वटै वडामा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानलाई प्रभावकारी बनाउन ४ सय ९६ जना स्वास्थ्यकर्मी परिचालन गरिने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुरमा आगामी माघ २५ गतेदेखि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक बिमल केसीले बताए । ‘एक वडामा कम्तिमा १५ देखि ४६ जना सम्म स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको छ, उनले भने–‘ उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा अपुग भएका स्वास्थ्यकर्मीको प्रादेशिक अस्पतालबाट समेत हायर गरेर परिचालन गर्न लागिएको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

दशौँ चरणमा संचालन हुन लागेको अभियानमा तुलसीपुरमा डेढ लाख जनालाई औषधि खुवाइने लक्ष्य रहेको छ । उपमहानगरपालिकाका १९ वडाका रहेका १ लाख ४८ हजार ८ सय ३६ जनालाई हात्तिपाइले विरुद्धको औषधि खुवाइने भएको हो ।

स्वास्थ्य शाखाले तुलसीपुरमा आयोजना गरेको पालिकास्तरीय योजना तर्जुमा कार्यक्रममा जनस्वास्थ्य निरिक्षक केसीले तुलसीपुरका सबै वडामा चार दिनसम्म बुथमा औषधि खुवाइने बताए । ‘चार दिनसम्म बुथमा औषधि खुवाउने हो’ उनले भने–‘औषधि खान छुटेकालाई घर–घरघरमै पुगेर भएपनि यसपटक लक्षित वर्ग सबैलाई खुवाउँछौँ ।’ उपमहानगरपालिकाका भित्रका २१८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पनि परिचालन गरिने भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले हात्तिपाइले रोगको संक्रमणका हिसावले तुलसीपुर पनि जोखिम रहेको भन्दै सबैले औषधि सेवन गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले दाङमा नवौँ पटक औषधि खुवाउदा सम्म निवारण हुन नसकेपछि दशौँ चरणमा औषधि खुवाउन लागिएको बताए । उनले केहिलाई बुझाउन नसक्दा र कतिपयले बुझ्न नसक्दा दाङमा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *