दाङका जेलमा विद्यालय

दाङ, माघ १६ । कारागार शाखा घोराहीमा ज्ञानज्योति विद्यालय नामकरण गरी कैदीलाई पढाउन शुरु गरिएको छ। ३० जना कैदीबन्दीले विद्यार्थीको रुपमा नियमित अध्ययन गरिरहेको कारागार शाखाले जनाएको छ। कैदी बन्दीलाई शिक्षा दिने उद्देश्यले कारागारमा विद्यालय स्थापना गरिएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कारागार शाखा घोराहीमा क्षमता ७० जनाको भए पनि क्षमता भन्दा धेरै ३०६ जना कैदीबन्दी छन्। अंग्रेजी र नेपाली भाषाको कक्षा कारागारमा स्थापना गरिएको उक्त विद्यालयमा पढाइन्छ। टिनले बारेको सानो कोठाको भित्तामा नेपाली बर्णमाला टाँगिएको छ। कारागार भित्रको कक्षा कोठा सजाइएको छ। ठूलो पर्खालभित्रको कारगारको उक्त कक्षा कोठामा अध्ययन गर्ने विद्यार्थीको कमी पनि छैन।

अटाई नअटाई केही पढ्न चाहने युवाले केही लेख्दै छन् भने एक जना शिक्षक युवकले पढाउँदैछन्। पढ्न आउने मध्ये लामो कैद सजाय र जरिमाना र तोकिएका र अन्य केही भर्खरै सजाय र जरिमाना तोकिएका कैदी छन्। कारणबस विभिन्न घटनामा संलग्न भई कैद भुक्तानी गर्दा पढ्न नपाएकाका लागि कारागारभित्र सञ्चालन गरिएको ज्ञानज्योति विद्यालय बरदान साबित भएको नेपाली विषय अध्ययन गरिरहेका कैदी रेशमबहादुर बुढाथोकीले बताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ुम कारागार बस्न लागेको करिब १ वर्ष हुन लाग्योु, उनले भने,‘ सानोमा राम्रोसँग पढ्न नपाएको भए तापनि यहाँ आएर पढ्न पाउँदा धेरै खुशी लागेको छ।अहिले यहाँ पढ्न पाउँदा धेरै कुरा पनि सिक्न पाएको छौँु। खाली समयको पनि सदुपयोग भएको छ।ु उनले बिगत १२ वर्षदेखि कैदीको जीवन काटिरहेका अंग्रेजी विषयमा अध्ययनरत कैदी प्रेम चौधरी पनि कारागारमा पढ्न पाउने अवसर प्राप्त भएकाले खुसी बताए। कारागारमा पाएको निशुल्क शिक्षा सेवालाई आफ्नो जीवन उपयोगी शिक्षाको रुपमा लिएर पढ्दै आएको उनले बताए।

कारागारभित्र युवा मात्र नभई ज्येष्ठ नागरिकले पनि पढ्दै आएका छन्। सानामा बुवा आमाको मृत्यु भएपछि पढ्न नपाएका ६५ वर्षीय अम्मरबहादुर यादवले अहिले पढ्न पाउँदा खुशी लागेको बताए। उनले भने,‘ नपढ्दा कागजपत्रमा ल्याप्चे लगाउने बाध्यता थियो। तर कारगारभित्र पढ्न शुरु गरेपछि हस्ताक्षर गर्न सक्ने र हिसाब(किताब गर्न भएको छु। ’

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी २ वर्षदेखि कैदी जीवन काटिरहेका जितबहादुर महराले पनि बिगतमा गरेको गल्तीलाई अब पढाई गरेर नैतिकवान बन्ने चाहना रहेको बताए। बाहिर हुँदा पढ्न नपाएको बताउँदै उनले यहाँ पढ्न पाउँदा धेरै कुरा सिक्न पाएको उनले बताए। कैदीबन्दीलाई अनौपचारिक शिक्षा दिनका लागि कारागारभित्र विद्यालय स्थापना गरिएको कारागार शाखा घोराहीका प्रमुख बिष्णुप्रसाद पाण्डेले बताए।

कारागार ऐनमा शिक्षक नियुक्त गरी कैदीबन्दीलाई साक्षरता बनाउने सकिने व्यवस्था भएकाले आफूहरूले अहिले केही नभएको नयाँ अभ्यासको रुपमा काम गरेको बताए। त्यसैगरी शिक्षक पनि कम्तीमा प्रविणता प्रमाण पत्र तहसम्म पढेका कैदी मध्येबाट शिक्षकको जिम्मेवारी दिएको प्रमुख पाण्डेले बताए। त्यसैगरी उनले अहिले कारागारमा करिब ३० जनाले पढ्दै आएको र पढाउने शिक्षकलाई कुनै सेवा सुविधा नदिई बार्षिक ६० दिन कैद मिनाहा गरी दिने व्यवस्था मिलाइएको पनि बताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कारागारमा एक जना शिक्षकको व्यवस्था गरिएको भएता पनि त्यहाँ अध्ययन गर्ने कैदी बन्दीले नै आफ्नै खर्चमा करिब २ महिनादेखि अंग्रेजी शिक्षक नियुक्त गरी पढ्दै आएको उनले बताए। ुयस आर्थिक वर्षको साउन महिनादेखि कारागारमा पढाई शुरु भएको होु, उनले भने,‘ तर अहिले कैदीबन्दीले धेरै कुरा सिकेका छन्।’ त्यसैगरी शिक्षकको जिम्मेवारी पाएका कैदी प्रकाश परियारले गरेको गल्तीको सजाय भोग्न कारागारमा बन्दी जीवन बिताइरहँदा आफूले पाएको अवसरलाई खुशी लागेको बताए। उनले भने,‘ अहिले सामान्य पौढ कक्षा संचालन भएको छ। यसबाट शिक्षा सिकेकालाई प्रमाणपत्र दिन सक्ने व्यवस्था भए। उनीहरूलाई भोलि गएर समाजमा काग गर्न सजिलो हुन सक्छ।’

त्यसैगरी अहिले कैदीबन्दीले लगनशिलका साथ पढ्दै आएको उनले बताए। त्यसैगरी अंग्रेजी भाषाको शिक्षाको जिम्मेवारी पाएका मानबहादुर नेपालीले पनि आफूसँग भएको सीपलाई सदुपयोग गर्ने मौका मिलेको बताए। हामीसँग भएको खाली समयको सदुपयोग गर्न लागेको उनले बताए। त्यसैगरी करिब २ महिनादेखि अंग्रेजी सिकाउँदै आएको बताउने उनले यहाँ पढेको कुरा कारागार बाहिर गए पनि कैदीबन्दीलाई काम गर्न सहज हुने छ। दाङको घोराही कारागारभित्र करिब ५ प्रतिशत स्नातक तहसम्मको अध्ययन गरेका ७० प्रतिशत कक्षा ७ सम्म पढेकाछन्। र बाँकी सबै निरक्षर छन्। यसरी संचालित कक्षाबाट कैदीबन्दीले समयको सदुपयोगका साथै ज्ञान प्राप्त गर्ने अवसर समेत पाएका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

थाहा खबरबाट

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *