उपमेयर कप भलिबलको उपाधि पद्मोदयलाई

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १४ माघ | घोराही उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप बिद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगीताको उपाधि पद्मोदय पब्लिक नमुना माबि भरतपुरले जितेको छ । पद्मोदयले गोर्खा माबि घोराहीलाई ३—१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । गएको पुस २७ गते देखि सुरु भएको भलिबल प्रतियोगीताको मंगलबार भरतपुर मैदानमा फाईनल खेल भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गोर्खा र पद्मोदय विचमा भएको पहिलो खेलमा २५—१५, दोस्रो खेलमा पद्मोदय र गोर्खाको २५—१४, तेस्रोमा २५ — १८ र चौथो खेलमा २५ — १४ अंक ल्याउदै पद्मोदयले उपमेयर कप भलिवलको उपाधि जितेको छ । प्रतियोगीतामा ज्ञानसिन्धु माबिलाई हराउँदै पद्मोदयले फाइनलको यात्रा गरेको थियो भने गोर्खाले माबि रझेनालाई हराउँदै फाइनलको यात्रा गरेको हो । प्रथम भएको पद्मोदयले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै दोस्रो भएको गोर्खा माबिले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विजेता र उपविजेतालाई बुधबार नगरको स्थापना दिवसमा पुरस्कार तथा शिल्ड प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा नगर भित्रमा मावि स्तरका १३ विद्यालयका छात्राहरु सहभागि भएका थिए । बिद्यालयस्तरबाटै छात्राहरुलाई भलिबलमा प्रोत्साहन गर्ने उदेश्यले यसबर्ष देखी भलिबल प्रतियोगीता आयोजना गरिएको उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभएको छ । यसैविच मंगलबार महिला जनप्रतिनिधी र महिला पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ ।

खेलमा जनप्रतिनिधी महिलाले जित हाँसिल गरेका छन् । जनप्रतिनिधी र पत्रकारहरु बिच भएको पहिलो खेलमा २५—शून्य र दोस्रो खेलमा २५ — ९ अंकले जनप्रतिनिधी महिलाहरु विजयी भएका हुन् । जनप्रतिनिधीहरुको तर्फबाट उपप्रमुख सीता सिग्देल न्यौपाने र पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको नेतृत्वमा खेल भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *