पानी र हिउँ पर्ने संभावना

तुलसीपुर, १४ माघ | देशका केही ठाउँमा आज पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । विशेषगरी पश्चिमका केही र मध्य तथा पूर्वका एक÷दुई ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै मध्य र पूर्वको भने उच्च हिमाली भेगमा मात्रै पानी पर्ने उहाँको अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम पूर्णरुपमा खुल्ने सम्भावना निकै कम छ ।

पश्चिमी भागको मौसम दिनभरि नै बदली भए पनि मध्य र पूर्वको मौसम भने एकैछिन घाम लाग्दै फेरि बादल लाग्ने उहाँले बताउनु भयो । यो प्रणाली बुधबारसम्ममा पूर्वमा पनि फैलने भएकाले भोलि देशभरिकै मौसम बदली हुनेछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज भन्दा भोलि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । बिहीबारदेखि भने फेरि पानी पर्न कम हुने उहाँको अनुमान छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *