‘स्थानीय कलासंस्कृति देखि कृषि, उद्योगको उत्पादन महोत्सवको आकर्षण हुन्’

श्रीधर महरा
अध्यक्ष, दाङ चेम्बर अफ कमर्श

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ चेम्बर अफ कमर्शको आयोजनामा आगामी माघ १० देखि २२ गतेसम्म नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६ हुँदैछ । महोत्सवका लागि तयारी अन्तिम चरणमा पुगेको छ । प्रत्येक वर्ष जसो आयोजना गरिने मेला महोत्सवले जिल्लाको कृषि, औद्योगिक, पर्यटनको क्षेत्रमा प्रगती भैरहेको महसुस गरिएको छ । व्यवसायीक रुपमा समेत सफल मानिएको यस्ता ठुला मेला महोत्सव वर्षमै विभिन्न स्थानमा एकै पटक समेत आयोजना गर्न लागिएको छ । दाङ चेम्बर अफ कमर्श जिल्लामा नयाँ संगठन हो । यो संस्थाले पहिलो पटक आयोजना गरेको महोत्सवको तयारी र यसको विविध विषयमा आयोजक समितिका निर्देशक तथा दाङ चेम्बर अफ कमर्शका अध्यक्ष श्रीधर महरासँग  नवीन अभिलाषीले गर्नुभएको कुराकानीको सारसंक्षेप :

महोत्सवको मिति नजिक आईसकेको छ, तयारी के कति अगाडी बढेको छ ?
महोत्सवको तयारी चलिरहेको छ, स्टल निर्माण हुने क्रम सम्पन्न भएको छ भने बुकिङ पनि भैरहेको छ, महोत्सव स्थलको साजसज्जामा काम भैरहेको छ । यता प्रचारप्रसार र विभिन्न निकायसँगको सल्लाह समन्वयमा हामीले काम गर्दै आएका छौँ । जिल्लाका सम्पुर्ण निकायहरुको साथ र सहयोग छ । यो दाङ चेम्बर अफ कमर्शको मात्र महोत्सव नभएर जिल्लाकै महोत्सव भएका कारण पनि सबैले सहयोग गरिरहनु भएको छ । त्यसकारण पनि स्वतःस्फुर्त रुपमा हामीले कृषि, पर्यटन र उद्योगका विभिन्न पाटो र पक्षका विषयमा हामीले समन्वय गरिरहेका छौँ । टिकट छपाउने देखि पर्यटन मन्त्रीको आगमनलाई सहज बनाउने र शोभायात्राको ¥यालीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा हामीले सम्पुर्ण तयारी अगाडी बढाईरहेका छौँ । यो तयारी अन्तिम चरण छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्ता महोत्सव त प्रत्येक वर्ष लाग्दै आएका छन्, तपाईहरुले यो वर्ष महोत्सव किन लगाउनुप¥यो ?
नेपाल सरकारले यो वर्षलाई पर्यटन भ्रमण वर्षको रुपमा मनाई रहँदा हामीले जिल्लास्तरबाट केहि सहयोग गर्न सक्छौँ कि भन्ने हो । हाम्रो पहलबाट विदेशबाटै पर्यटक भित्राउने बातावरण त हामीले बनाउन नसकौँला तर जिल्लामा पर्यटनमैत्री बाताबरण त बनाउन सक्छौँ नी । देशको मौलिक कला संस्कृति सभ्यता र यहाँका मनमोहक प्राकृतिक सम्भयताहरुलाई अन्र्तराष्ट्रिय रुपमा चिनाउनुका साथै अन्र्तराष्टिङ पर्यटन प्रवद्र्धन र राष्ट्रको अर्थतन्त्र विकासमा टेवा पु¥याउनका लागि महोत्सव आयोजना गरिएको हो । यसको साथै स्थानीय एवं राष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धन तथा कृषि उद्योगहरुले उत्पादन गरेका बस्तुहरुको पहिचान गराई कृषि तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधिहरुको जानकारी दिने र आन्तरिक पर्यटनमा टेवा पु¥याउने हाम्र्रो उदेश्य रहेको छ । यस्तै महलिा उद्यमशीलता तथा लघु घरेलु उद्योगबाट उत्पादन गरेका बस्तुहरुको उचित गुणस्तरियको पहिचान गराई आम जनमानसहरु र नागरिकहरुमा स्वदेशी उत्पादनमा प्रयोग गर्न प्रोत्साहन गर्ने हाम्रो उद्येश्य हो । यसको साथै स्थानीय ब्यापार प्रवद्र्धन एव विकास गरी स्थानीय उउत्पादनको बजारीकरणमा सहयोग पु¥याउने, जिल्लाका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार र विकासमा सहयोग पु¥याउने, स्थानीय कला प्रतिभाको खोजी र प्रसारप्रसार गर्ने, स्थान दिनका लागि यो महोत्सव महत्वपुर्ण छ ।

दाङ चेम्बर अफ कमर्श जिल्लामा नयाँ संस्था हो, कसरी समन्वय गरिरहनु भएको छ ?
नेपालमा पहिलो तर जिल्लामा नयाँ संस्था हो । यो महोत्सवले सबैसँगको परिचय र समन्वयमा बढाउने छ, जिल्लामा उद्योग, व्यापार, कृषि, पर्यटन क्षेत्रमा व्यवसाय सञ्चालन गरी देशकै अर्थतन्त्रमा सहयोग पु¥याउने उदेश्यले स्थापना भएको यो संस्थाले पहिलो पटक आयोजना गरेको भएपनि सबैको सहयोग मिलेको छ । महोत्सव सफल बनाउनका लागि २० भन्दा बढि समितिहरु निर्माण गरेका छौँ । कार्यक्रम तथा मञ्च व्यवस्थापन, अनुगमन तथा मुल्यांकन, स्टल व्यवस्थापन, अर्थ समिति, प्रचारप्रसार तथा सुरक्षा लगाएतका समितिहरुले काम गरिरहनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा स्टलहरु निर्माण गर्नुभएको छ । ब्यापार व्यवसायका लागि स्थानीय व्यवसायीक ब्यक्तिहरुले महोत्सवबाट के सहयोग पाउछन ?
हामीले स्थानीय उत्पादनका स्टललाई १० प्रतिशत सहुलियतमा प्रदान गर्ने निर्णय गरेका छौँ । महोत्सवमा स्थानीय व्यवसायीहरुको उत्पादन तथा बस्तुले प्राथमिकता पाओस् भन्ने उद्देश्यले हामीले सहुलियत प्रदान गर्ने निर्णय गरेका हौं । महोत्सवमा बाहिरका उत्पादन भन्दा स्थानीय उत्पादनलाई नै बढी प्रथमिकता दिइने छ । त्यसैगरी चेम्वर अफ कर्मसका साधारण सदस्यहरुको स्टललाई १५ प्रतिशत छुट प्रदान गरिने छ । र अर्को महत्वपूर्ण कुरा हामीले स्थानीय व्यवसायीक ब्यक्तिहरुलाई स्टल दिएका छौँ । त्यसमा पनि पान नम्बर भएका व्यवसायीहरुले मात्र स्टल पाउनु भएको छ । १८० वटा स्टल निर्माण गरेका छौँ । त्यसमा करिव ८० प्रतिशत स्टलहरु बुकिङ भैसकेको छ । ती स्टलहरुमा हामीले स्थानीय उत्पादनका कृषि सामग्रीहरु राख्ने छौँ, घरेलु उत्पादनका सामग्रीहरु झनै विशेष आकर्षकको रुपमा राखिने छ ।

महोत्सवबाट तपाईहरुले के कति अपेक्षा राख्नु भएको छ ?
महोत्सवबाट हामीले तत्कालै राख्नुपर्ने अपेक्षा भन्दा पनि दिर्घकालिन अपेक्षाहरु धेरै छन् । हामीले ४ लाख भन्दा बढि दर्शकहरुलाई महोत्सवमा ल्याउने गरी योजना बनाएका छौँ । त्यो मात्रामा दर्शकहरुको सहभागीता भयो भने हामीले लक्ष्य हाँसिल गर्नेछौँ । र त्यो अनुसारको तयारी पनि छ । प्रमुख विषय त हामीले जिल्लाको कृषि, उद्योग र पर्यटनको क्षेत्रको विकासका लागि औपचारिक तथा अनौपचारिक रुपमा सहयोग गर्ने नै हो । लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने र राष्ट्रिय कलाकार बनाउने, कृषकहरुको मनोबल बढाएर कृषि क्रान्तिका लागि अग्रसर बनाउने, उद्योग तथा बाणिज्यको अहिलेको अवस्थालाई झनै बलियो बनाउने र स्थानीय बजारको विस्तारका लागि नै यो महोत्सव आयोजना गरिएकाले त्यसको प्रतिफल तत्कालै नआउन पनि सक्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा दर्शकहरुलाई आकर्षण गर्ने अन्य के कस्ता गतिविधिहरु गर्दै हुनुहुन्छ ?
अहिलेसम्मको महोत्सवमा हामीले के देखेका छौँ भने मनोरञ्जनका साधनहरु नहुँदा सम्म दर्शकहरुको सहभागीता राम्रो हुँदैन । त्यसका कारणले पनि हामीले यो पटक महोत्सवलाई भब्य बनाउने र हाम्रा स्थानीय लोकसंस्कृति, परम्परा र जातीय सम्पदाहरुको प्रचारप्रसारका लागि दैनिक सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौँ । यो अति नै महत्वपुर्ण हुने छ । राष्ट्रिय कलाकार देखि स्थानीय कलाकारहरुको जमघट हुने व्यवस्था मिलाएका छौँ । बाहिरबाट हामीले करिव ४०÷४२ जना चर्चित कलाकारहरु ल्याउँदै छौँ, भने एक सय बढि कलाकार जिल्लामै हुनुहुन्छ, सबैलाई समेट्ने गरी योजना बनाएका छौँ । विभिन्न विद्यालयको प्रतिभाहरुले ठाउँ पाउनेछन् भने प्रतियोगिता समेत हामीले आयोजना गरेका छौँ । यसले अझ रौनक थप्ने छ । यस्तै थारु, मगर समुदायका कलासंस्कृति प्रदर्शनका लागि पनि हामीले कार्यक्रम निर्माण गरेका छौँ ।

बालउद्यानको व्यवस्था गर्नुभएको छ की छैन ?
किन नहुनु ? बालउद्यानका सम्पुर्ण व्यवस्था हामीले गरेका छौँ । पहिले भन्दा फरक र रोचक उपकरणहरु पनि छन् । जस्तो मौतको कुवा एक तलाको मात्र देखेका हामीहरुले यो पटक दुई तलाको देख्न पाउने छाँ । त्यसको लागि छुट्टै ठुलो स्थानमा छ । त्यसको साथै विज्ञान प्रदर्शनी र दंगाली जादुगरका विभिन्न रोचक कुराहरु पनि दर्शकले देख्न र रमाउन पाउने व्यवस्था मिलाएका छौँ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *