बाह्रकुने मेला जाँदा रुट र भाडा निर्धारण

घोराही, पुस २८ । माघ १ बाह्रकुने दहमा लाग्ने मेलाका क्रममा आवतजावतका लागि रुट भाडा निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा आईतबार बसेको बैठकले घोराही देखी जाँदा नयाँ बजार नेपाली सेनाको गेट हुदै फुर्सेखाली, खानेपानी ट्यांकी हुदै घोराही होलेरी सडक खण्डमा पुगेर पुनः बाह्रकुने दहको गेट भएर घोराही फर्कने गरी रुट निर्धारण गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

माघ १ गतेका दिन यात्रु र सवारी साधनको चाप अत्यधिक हुने भएका कारण मन्दिर जाने र फर्कने रुट फरक फरक गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो । सो रुटका लागि भाडा दर पनि कायम गरिएको छ । घोराही देखी मन्दिर गेट सम्म बसका लागि जाँदा ४० र फर्कदा ३५ रुपैयाँ भाडा तोकिएको छ । जिप कारका लागि जाँदा ४५ र फर्कदा ४० रुपैयाँ र अटोका लागि जाँदा ७५ र फर्कदा ५० रुपैयाँ तोकिएका प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयो । साथै पुस २९ गते बिहान ११ बजे देखी मा १ गते राती १२ बजे सम्म उक्त रुटमा मालबहाक ट्रक तथा टिप्परहरुलाई सञ्चालनमा समेत रोक लगाईएको छ ।

प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालको अध्यक्षतामा बसेको बैठकमा प्रहरी प्रमुख जनक भटराइ, ट्राफिक प्रहरी प्रमुख रेग्मी, वडा प्रहरी प्रमुख दिनेश रिमाल सहित विभिन्न यातायात प्रालीका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *