घोराही १४ मा अध्यक्षकप फुटबल र क्रिकेट प्रतियोगिता सुरु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस २४ । घोराही उपमहानगरपालिका वडा नं. १४ मा अध्यक्ष कप फुटबल तथा क्रिकेट प्रतियोगिता सुरु गरिएको छ । आगामी पुस २७ गते देखि हुने मेयरकप फुटबल प्रतियोगितामा खेलाडी छनौट गर्न फुलबल प्रतियोगिता आयोजना गरिएको हो । फुटबल प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका उप–प्रमुख सिता सिग्देल न्यौपानेले गर्नु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख न्यौपानेले खेल क्षेत्रको विकास गर्न प्रतियोगिताले भुमिका खेल्ने वताउँनुभयो । समाज रुपान्तरणका लागि खेलको भुमिका महत्वपुर्ण हुने वताउँदै प्रमुख अतिथी न्यौपानेले फुटवल संगै महिला र छात्राहरुका लागि भलिवल प्रतियोगिता समेत आयोजना हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शक्तिराम डाँगीले सबै खेलाडीलाई जिम्मेवारी भएर खेल्न आग्रह गर्नुभयो । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सदस्य गुलाम रशुलले गर्नु भएको थियो । प्रतियोगितामा वडा नं. १४ का सम्पूर्ण विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *