पानी परेपछि दाङमा बढ्यो चिसो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २२ पुस | केही दिनदेखि मौसममा समस्या देखिएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका बिभिन्न स्थानमा हिमपात र बर्षा सुरु भएको छ भने दाङमा पनि छिटफुट बर्षा भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ क्षेत्रमा बदली हुनुका साथै हल्का बर्षासंगै मौसमले समेत चिसो गरेको छ । मौसमबिद् शान्ति कँडेलले पश्चिम क्षेत्रमा बर्षा हुने बताउनुभएको छ । यस्तै पश्चिमकै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने जनाइएको छ ।

मध्य तथा पूर्बी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा पनि हिमपात हुने पूर्बानुमान गरिएको कडेलले जानकारी दिनुभएको छ । महाशाखाले आज बिहान २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै पश्चिमी निम्न चापीय प्रणाली भित्रिएसँगै बर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै चिसो मौसमको समयमा न्यानो कपडा तथा झोल पदार्थ पिउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । चिसोमा सतर्क नहुदा ज्यानलाई समस्या हुने चेतावनी समेत दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *