यस वर्ष आलु उत्पादनमा कमी

रुकुमपूर्व, १९ पुस । रुकुम पूर्वमा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढी कमी आएको छ । जिल्लाको आलु खानको लागि निकै स्वादिष्ट पनि हुने गरेको छ । मानिसले प्राङ्गारिक मलको प्रयोग गर्ने र अर्गानिक आलु उत्पादन गर्ने गर्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गत वर्ष १५ क्विन्टल आलु उत्पादन गर्न सफल भएकोमा यस वर्ष भने मुस्किलले त्यसको आधा मात्रै आलु उत्पादन भएको पुथाउत्तरगङ्गा गाउँपालिका–२ का कृषक माया पुनले बताए । उनी जस्तै वडा नम्बर १ मैकोटकी समसाली पुन पनि आलु उत्पादनमा कमी आउदा चिन्तित छन् । उनले गत वर्ष तीन क्विन्टल आलु उत्पादन गरेका थिए । यस वर्ष भने एक क्विन्टल मात्र आलु उत्पादन भएको उनको भनाइ थियो ।

पुथाउत्तरगङ्गा गाउँपालिकावासीको लागि आलु मकै पछिको दोस्रो प्रमुख बाली हो । यस वर्ष मकै उत्पादनमा वृद्धि भएको तर आलुु उत्पादनमा भने कमी आएको स्थानीय बताउँछन् । उक्त ठाउँमा आलु उत्पादनमा वृद्धि हुँदा मकै उत्पादनमा कमी आउने र मकै उत्पादनमा वृद्धि हुँदा आलु उत्पादनमा कमी आउने गरेको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका कर्मसाही घर्तीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनका अनुसार वडा नम्बर १ मैकोटमा गत वर्षमा एक हजार ५०० क्विन्टलदेखि दुई हजार क्विन्टलसम्म आलु उत्पादन भएकोमा यस वर्ष भने १ नम्बर वडामा मुस्किलले ८०० देखि लिएर एक हजार क्विन्टल मात्र आलु उत्पादन भएको छ । यस वर्षमा आलु उत्पादनमा कमी मात्र नभई आलुको दाना पनि सानो फलेको कृषकले बताएका छन् ।

प्रतिकूल मौसम, प्राविधिक ज्ञानको कमी, माटो परीक्षण नगरी खेती गर्नेलगायतका कारणले आलु उत्पादनमा कमी आएको हुनसक्ने कृषकको भनाई छ । गाउँपालिकावासीले मकै पछिको दोस्रो प्रमुख बालीको रुपमा आलुलाई मान्ने र उत्पादन पनि धेरै गर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए ।आलु उत्पादनलाई निरन्तरता दिन र कृषकको समस्यालाई समाधान गर्न गाउँपालिकाले प्राविधिकको पनि व्यवस्था गर्ने उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *