तुलसीपुरमा आधुनिक वसपार्कको उद्घाटन

तुलसीपुर, १९ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक वसपार्कको उद्घाटन गरिएको छ । नगर विकास कोषको ऋण सहयोगमा करिव ९ करोडको लागतमा शिवशक्ति कन्स्ट्रक्सनले २ वर्ष लगाएर निर्माण गरेको वसपार्कको प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा वोल्दै मुख्यमन्त्री पोख्रेलले वसपार्क शहरको पहिचान भएको वताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर आधुनिक शहर वन्दै गएको उनको भनाई थियो । संरचना निर्माणसँगै त्यसको व्यवस्थापन पनि मुख्य चूनौतिपूर्ण भएको उनले वताए । “यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने जिम्मा अव यातायात व्यवसायीको हो ” मुख्यमन्त्री पोख्रेलले वताए । उनले पहिलो चरणको काम पुरा भएको वताउँदै आधुनिक वसपार्क वनाउनका लागि सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिए । “यसको आम्दानी वढाएर व्यवस्थित गर्नका लागि सबैले भुमिका खेल्नुपर्दछ” मुख्यमन्त्री पोख्रेलले भने । विकासका लागि जनताको साथ आवश्यक भएको भन्दै विवादले विकास अवरुद्ध हुने कुरामा जोड दिए । वसपार्क तुलसीपुरका लागि सुन्दर उपहार भएको पनि मुख्यमन्त्री पोख्रेलले भने ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वसपार्कको पहिलो चरणको काम भएको भन्दै थप काम तत्काल अगाडि वढाउने वताए । वसपार्कबाट कुनै पनि ठाउँको पहिचान हुने भएकाले सबैलाई असल व्यवहार गर्न समेत उनले आग्रह गरे । वसपार्क उद्घाटनको अवसर पारेर सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सो अवसरमा निर्माण कम्पनीका गेहेन्द्र गिरी,तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगी, अटो भिलेजका पदम पोख्रेल,वडाध्यक्षहरु विरेन्द्र शाह, नवराज लामिछाने, घनश्याम ढकाल र विजय विक लगायतलाई सम्मान गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा प्रदेश सांसद विमला वली, धमकली चौधरी, स्वतन्त्र मजदुर युनियनका अध्यक्ष केशव भण्डारी, अम्विकेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, नेपाली काँग्रेसका नेता जगत खड्का लगायतले वसपार्कले तुलसीपुरको पहिचान वढाएको वताएका थिए । उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नगरप्रवक्ता श्याम डाँगीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *