मोटरसाईकल दुर्घटनाका घाईतेलाई आर्थीक सहयोग प्रदान

Blog Post Ad Blog Post Ad Blog Post Ad

कमिरेचौर ,१५ पुस । समाज विकास संजालले दाङको बंगलाचुली गाउँपालिका वडा नं.४ हुँक्ला निवासी दधीराम नेपालीलाइ उपचारका लागि आर्थीक सहयोग सहयोग प्रदान गरेको छ । दुर्घटनामा परी खुट्टा भाँचीएर गम्भिर घाईने हुनु भएका नेपालीलाई थप उपचार गर्ने आर्थीक अवस्था कमजोर भएका कारण संजालले गाउँलेहरुबाट आर्थीक संकलन गरेर आर्थीक सहयोग गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दधीराम नेपाली ८ महिना पहिले मोटरसाईकल दुर्घटनामा पर्नु भएको थियो । दुर्घटनामा परी खुट्टा भाँचीएको र अपरेशन गरेर पनी खुट्टा ठीक नभए पछी थप उपचारका लागि काठमाडौँ जानु पर्ने भएपछि उहाँलाई आर्थीक समस्या परेको थियो । समाज विकास संजालको अगुवाईमा गाउँगाउँमा पुगेर संकलन गरेको ४० हजार २ सय ९१ रुपैँया आर्थीक रकम उहाँकै घरमा पुगेर हस्तान्तरण गरेको हो ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

साझाविकास मुल समितिका अध्यक्ष रुक प्रसाद पुलामी,समाज विकास संजालका उपाध्यक्ष डोमा बुढा,अपांग समन्वय समिति बंगलाचुलीका अध्यक्ष नमलाल गिरि,समाज विकास संजालका कर्मचारी तथा व्यवस्थापक बासुदेव भण्डारी ,उमा बुढा लगाएतले घाईते धदीराम नेपालीलाई आर्थीक रकम प्रदान गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *