अनुराधा कोइराला दाङ आउदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

यमकला भुुुसाल

तुलसीपुर, पुस १५ । माईती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला दाङ आउदै हुनुहुन्छ । विगत लामो समय देखि दाङको तुलसीपुरबाट सञ्चालन हुदै आएको आइडिएल बोर्डिङ स्कुलको २५ औँ रजयन्ती कार्यक्रमलाई सम्बोधन गर्न कोइराला दाङ आउन लागेको आइडिएल बोर्डिङ स्कुलले मगंलवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । कोइराला यहि पुस १९ गते दाङ आउदै हुनुहुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्यालयको २५ औँ रजयन्तीमा समाजमा मानव बेचबिखन बिरुद्धको सचेतना अभिबृद्धि गर्ने,मानव बेच बिखनलाई रोक्नको लागी माईती नेपाललाई सहयोग गर्ने र हालसम्म विद्यालयबाट गएका विद्यार्थीहरुलाई भेला गरि अनुभव आदानप्रदान गर्ने लगाएतका कार्यक्रमहरु गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य दिपा धितालले जानकारी दिनुभयो । विद्यालयले हरेक वर्ष अतिरिक्त क्रियाकलापहरु बक्तीत्वकला, नृत्य, निबन्ध, चित्रकला प्रतियोगीता, खेलकुदका विभिन्न कार्यक्रमहरु गर्दै आएको विद्यालयका प्रिन्सीपल रेगु खत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि अनुराधा कोइराला सहित, राष्ट्रिय संगितकार प्रेतना श्रेष्ठ, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगाएतका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहने छ । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव बिमल गौतमले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *