भ्रमण वर्षले छोएन नयाँ पर्यटन गन्तव्यको सूचीमा परेको बगारबाबा धामलाई

दाङ, पुस १४ । मन्दिरमा रङ्ग समेत पोतिएको छैन् । छाना उडाएको छ । झार जंगल बढेका छन् । तप्त कुण्डको संरक्षण भएको छैन् । पुरातात्विक महत्व बोकेको ढुंगा समेत चोरी भएको छ । आउँदै गरेको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा लथालिङ्ग बनेको छ बगारबाबा धार्मिक धाम क्षेत्र । हरेक वर्ष माघेसंक्रान्तिको अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ । नेपालसहित भारतका तिर्थयात्री यहाँ आउने गर्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यो बाहेक अन्य कुनै पनि गतीविधिमा जोडिएको छैन । नेपाल सरकारले नयाँ पर्यटन गन्तव्यको रुपमा लमही नगरपालिका वडा नं। ९ मा रहेको बगारबाबा धार्मिक धाम क्षेत्रलाई समेट्यो ।

एकसय नयाँ पर्यटन गन्तव्यको सूचिमा बगार बाबा धाम परेपछि यस क्षेत्रसँग जोडिएका सबै उत्साहित बने । तर, भ्रमण वर्ष २०२० को तयारी देशैभर हुँदा बगारबाबा धाम भने शुनसान छ । भ्रमण वर्षले बगारबाबा धामलाई छुन सकेको छैन । बर्दियामा हुने पर्यटकीय कार्यक्रमलाई लक्षित गरेर केही स्वागत गेट निर्माणको तयारी गरिए पनि त्यसले पूर्णता पाउन सकेको छैन् । बगारबाबा धार्मिक पर्यटन विकास क्षेत्र व्यवस्थापन समिति भएपनि व्यस्थापन समितिले धामको व्यवस्थापन गर्न नसकेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्र व्यवस्थापन समितिको भेला बोलाइएको छ । यो समितिले राखेको आर्थिक हिसाव किताव पारदर्शिताको प्रश्न उठाइएको छ । लामो समय सम्म निष्कृय जस्तै बनेको समिति सकृय नहुँदा पर्यटकीय क्षेत्रको विकासमा असर परेको हो ।

नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन समिति प्रदेश ५ सचिवालय सदस्य सुन्दर गौतमले रिहार क्षेत्र पर्यटकीय एक सय नयाँ गन्तव्यको रुपमा परेको भन्दै त्यस अनुसारको पूर्वाधार निर्माण गर्नुपर्ने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ जिल्लामा पर्यटन वर्षलाई भव्य रुपमा सम्पन्न गर्नको लागि जिल्ला स्तरमा रहेका पर्यटकीय गन्तव्य क्षेत्रमा पूर्वाधार विकाससँग पर्यटकीय वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। ‘यहाँ आउँदा पर्यटकले नयाँ कुरा हेर्न पाउन्, यहाँको पुरातात्विक महत्वको बारेमा जान्न पाउन् । त्यस अनुसारको व्यवस्थापन गर्न जरुरी छ’उनले भने–‘यहाँ पूर्वाधारको अभाव पनि देखियो । ति बनाउन पनि ध्यान जानु पर्‍यो ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *