सुत्र ‘ह्याक’ले आर्थिक गतिविधि ठप्प

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम.

दाङ, ११ पुुस | स्थानीय तहहरुले सञ्चालनमा ल्याएको कम्प्युटर सफ्टवेयर सुत्र ‘ह्याक’ भएपछि आर्थिक कारोबारको काम काजमा समस्या परेको छ । महालेखा परीक्षण कार्यालयले विकसित गरेको सफ्टवेयर स्थानीय सुरक्षित कोष व्यवस्थापन प्रणाली (सुत्र) अचानक ह्याक हुँदा स्थानीय तहमा सफ्टवयरमार्फत हुने आर्थिक गतिविधिका सम्पूर्ण कामकाज ठप्प भएका छन् । शुक्रबार बिहान अकस्मात् सुत्र चल्न छाडेपछि भुक्तानी लगायत अर्थसंग सम्बन्धित सम्पूर्ण काम ठप्प भएको तुलसीपुर उपमहानगरपालिका लेखा अधिकृत बासुदेव अधिकारीले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘सफ्टवयरमार्फत हुने सम्पूर्ण कामहरु बन्द भएका छन्, खै अब १÷२ दिनमै हुन्छ की भन्ने केन्द्रबाट खबर आएको छ ’ उनले भने–‘ देशभरी नै यो समस्या आएकाले समाधान होला भन्ने आशा छ ।’ तुलसीपुर उपमहानगरपालिकामा बिहिबार १० पुससम्म झण्डै २५ वटा भुक्तानीका कामहरु रोकिएको उनले बताए । ‘भुक्तानमात्रै २५ वटासम्म रोकिएको छ, सफ्टवयरमार्फत हुने काम झण्डै २ सयको हाराहारीमा छन्’ उनले भने–‘अर्को चिन्ता त के छ भने अरु डाटा पनि जाने सम्भावना हुन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

शुक्रबार सुत्र बिग्रेपछि कम्प्युटर सरकारी लेखा प्रणाली अनुसार चल्ने सबै स्थानीयतहको आर्थिक गतिबिधिमा अवरोध आएको हो । सुत्र ह्याक भएपछि स्थानीय तहका सबै आर्थिक गतिबिधि ठप्प भएको स्थानीयतहहरुले जनाएका छन् । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले शुक्रबारदेखि नचलेको सुत्र अझै सञ्चालनमा नआउँदा नगरको आर्थिक गतिविधि ठप्प भएको बताए ।

उनले अहिले भुक्तानीको त्यति धेरै चाप नभए पनि धरौटी फिर्ता, विभिन्न योजनाहरुको पेश्की तथा नियमित कार्यालय सञ्चालनका भुक्तानीहरु प्रभावित भएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शान्तिनगर गाँउपालिकाका लेखा अधिकृत लेखा भण्डारीले सुत्र ह्याक भएका कारण आर्थिक गतिबिधि ठप्प भएको र भौतिक संरचना निर्माणका योजनाहरु प्रभावित भएको बताइन् । नियमित कामकाजका भुक्तानी रोकिदा ठूलो समस्या नभए पनि महत्वपूर्ण योजनाहरु सुत्र ह्याक भएपछि प्रभावित भएको अधिकृत भण्डारीले बताइन् ।

उनले धेरै मेहनेत गरेर प्रविष्ट (इन्ट्री) गरेको विवरण (डाटा) सबै उडेकाले आर्थिक गतिबिधिको विवरण गुमेको बताइन् । ‘गतविगत वर्षहरुको आर्थिक विवरणसँगै चालु वर्ष साउनदेखिका सबै विवरण इन्ट्री थियो’ लेखा अधिकृत भण्डारीले भनिन् ‘सिस्टम नै ह्याक हुँदा कार्तिक ११ पछि अपडेट गरिएका सबै डाटा डिलेट भएछन् । अब फेरि इन्ट्री गर्न धेरै झन्झट हुन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

शान्तिनगरसंगै दाङका सबै स्थानीय तहमा पनि सुत्र नचल्दा विकास निर्माणका काम प्रभावित भएको छ । बबई गाँउपालिका, दंगिशरण गाँउपालिका, बंगलाचुली गाउँपालिका, राप्ती गाउँपालिका, गढवा गाँउपालिका, राजपुर गाउँपालिकामा पनि सुत्र सफ्टवयरमार्फत हुने सबै काम ठप्प भएका छन् । सफ्टवयर संचालनमा नआउँदा लमही नगरपालिकामा पनि अर्थ संग सरोकार राख्ने सम्पूर्ण कामकाज ठप्प भएको नगरपालिकाका लेखा अधिकृत गौरब लामिछानेले बताए ।

‘भिडभाड हुने समय त होइन्, तैपनि भुक्तानी लगायतका कामहरु रोकिएका छन्, उनले भने –‘त्यो भन्दा त अझ पहिले इन्ट्री गरेको विवरण हराउने खतराले चिन्तित बनाएको छ ।’ उनले सफ्टवयरले काम नगर्दा सबै कागजात टेवलमै थन्किएको बताए । ‘कम्प्युटर प्रणालीमार्फत हुने काम हातले गरेर पनि नहुने, सफ्टवयरमा काम गर्ने बानी परिसेकेका छौँ, उनले भने–‘ सफ्टवयरमा सजिलो पनि हुन्छ , कहिले सम्म सफ्टवयर बन्ने हो, केन्द्रबाट त १÷२ दिनमामा हुन्छ भन्ने खबर आएको छ तर निश्चित छैन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सफ्टवयर ह्याक हुँदा नगरपालिकामा टाढा–टाढाबाट आउने सेवाग्राही बढी समस्यामा पर्ने गरेको उनले बताए । ‘भुक्तानीका लागि टाढाबाट आउने सेवाग्राहीलाई समस्या परेको छ, लगातार फोन गरिरहनुभएको छ उनले भने–‘ धेरै भुक्तानी पेन्डीङमै छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *