घोराहीको उत्साह टोलमा स्वास्थ्य केन्द्र स्थापना

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १० पुस | घोराही उपमहानगरपालिका वडा नम्बर १५ को उत्साह टोलमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय देखी केही तल जेष्ठ नागरिक दिवा सेवा केन्द्र नजिकै शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा अध्यक्ष एवं केन्द्र व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, जनस्वास्थ्य प्रर्बद्धन समिति संयोजक खोपीराम चौधरीको उपस्थितिमा केन्द्रको उद्घाटन गरिएको हो । उक्त शहरी स्वास्थ्य केन्द्रबाट निशुल्क उपचार, औषधी वितरण, परामर्श, खोप सेवा, परिवार नियोजन सेवा दिईने घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरको एक वडा एक स्वास्थ्य संस्था स्थापना गर्ने उदेश्य अनुसार वडा नम्बर १५ मा पनि शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको उहाँको भनाई छ । कार्यक्रममा नगर प्रमुख चौधरीले स्वास्थ्य संस्थाले उपचार मात्रै नभई स्वास्थ्य सचेतनाको समेत काम गर्ने बताउनुभयो ।

धेरै बाँच्ने र औषधी खानु नपर्ने अबस्था ल्याउनका लागि जनस्वास्थ्य नितिलाई प्रभावकारी बनाउने योजना लागु भएको जानकारी दिनुभयो । उपप्रमुख न्यौपानेले स्वस्थ्य जीवन जिउनका लागि खानपान र सरसफाईमा विषेश ध्यान दिन आग्रह गर्नुभयो । वडा सदस्य सनतकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण केन्द्र इन्चार्ज हिरण्य शर्माले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका गोमा श्रेष्ठ, सुनगाभा आमा समुहका अध्यक्ष तुलसा पोख्रेल लगाएकाले स्वास्थ्य केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *