महिला जनप्रतिनिधीलाई कानुनी शिक्षा

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १० पुस | घोराही उपमहानगरपालिकाले महिला जनप्रतिनिधीहरुलाई कानुनी शिक्षा दिन थालेको छ । उपमहानगरपालिकाको कानुनी मामिला शाखाले दुई दिनको अभिमुखिकरणको आयोजना गरि महिला जनप्रतिनिधीहरुलाई कानुनी शिक्षा दिन थालेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज र भोली अभिमुखिकरणको आयोजना गरि कानुन व्यवसायी, न्यायीक निकाय र अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तिहरु मार्फत कानुनी शिक्षाका बारेमा प्रशिक्षण दिनु भएको छ । अधिबक्ता भुपबहादुर केसी र मौसम आचार्यले पहिलो दिन प्रशिक्षण दिनुभएको छ । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले जनप्रतिनिधीहरुले अनिवार्यरुपमा कानुनी ज्ञान राख्नु पर्ने बताउनुभयो ।

जनताको सेवामा खट्दा कानुनी ज्ञान नहुदा अप्ठेरोमा पर्न सक्ने भन्दै उहाँले कानुनी ज्ञान जनप्रतिनिधीहरुमा अनिवार्य हुनुपर्ने बताउनुभएको हो । कार्यक्रमको सहजिकरण शाखा प्रमुख प्रतला कुमारी देवकोटाले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *