तुलसीपुरका ६ वटा वडामा उद्यम विकास लागु हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, ७ पुस | नागरिकलाई उद्यमसंग जोडेर बेरोजगारी अन्त्यका लागि तुलसीपुरमा उद्यम विकास कार्यक्रम लागु हुने भएको छ । उपमहानगरपालिकाका ६ वटा वडामा यसवर्ष उद्यम विकास कार्यक्रम लागु हुने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिकाका १९ वडा मध्ये यसवर्ष वडा नम्वर ६, ८, ९, १४, १६ र १७ मा कार्यक्रम लागु हुन लागेको संयोजक लक्ष्मी चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार बेरोजगार युवालाई उद्यमसंग जोड्न कार्यक्रम लागु हुन लागेको हो ।

यसैविच नगरप्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा ७ सदस्यीय उद्यम विकास समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, उद्यमी मंगली चौधरी, कार्यपालिका सदस्य दिपक कुमाल र शान्ता पुन, मनोनित महिला सदस्यमा डिला परियार र उद्योग प्रशासन शाखा प्रमुख रेखा शर्मा सदस्य सचिव रहनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *