बहुप्रतिक्षित फिल्म ‘केजीएफ : च्याप्टर २’को फस्टलुक सार्वजनिक

Blog Post Ad Blog Post Ad Blog Post Ad

एजेन्सी । सन् २०१८ डिसेम्बर २० मा प्रदर्शनमा आएको थियो ‘केजीएफ’ फिल्म । जसको लिड रोलमा थिए यश । उक्त फिल्म शाहरुख खानको फिल्म ‘जीरो’ सँगै प्रदर्शनमा आएको थियो ।

यस केजीएफ फिल्मले शाहरुखको जीरोलाई पछि पार्दै बक्स अफिसमा थुप्रै रेकर्ड बनाएको थियो । उक्त फिल्मले खुबै प्रशंसा पाएको थियो । फिल्म सकिएपछि अर्को भाग अर्थात च्याप्टर २ कहिले प्रदर्शनमा आउँछ भनेर दर्शकहरु एकदमै प्रतिक्षामा बसिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फिल्म निर्माण टिमले शनिबार फिल्मको फस्टलुक सार्वजनिक गरेको छ । फिल्म सन् २०२० जुलाईमा प्रदर्शनमा आउनेछ भने फिल्ममा बलिउड सुपरस्टार सञ्जय दत्तको पनि आगमन हुनेछ ।

प्रशान्त निलको निर्देशन रहेको यस फिल्ममा विजय किरुगान्दुरको लगानी रहेको छ । फिल्ममा यश, सञ्जय दत्त, रवीना टन्डन, श्रीनीदि शेट्टी, अनन्त नाग, अच्युत कुमार लगायतको भूमिका रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *