महासघंको स्थापना दिवसमा पत्रकारलाई निशुल्क आँखा जाचँ

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

यमकला भुसाल

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर,पुष ३ । नेपाल पत्रकार महासंघको २७ आँै स्थापना दिवसको अवसरमा बिहिवार तुलसीपुरमा पत्रकारहरुको निःशुल्क आँखा जाचँ गरिएको छ । नेपाल पत्रकार महासघं दाङको आयोजना एवं राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा निशुल्क आँखा जाचँ गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल पत्रकार महासघं दाङका अध्यक्ष सबिन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती आँखा अस्पताचल रक्षाचौरका नेत्र अधिकृत सालिकराम गौतमले आँखा जाचँ गराएका मध्ये अधिकांस पत्रकारहरुको आखा सुक्खा देखिएको र केहीलाई चस्मा लगाउने अबस्था रहेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले भन्नुभयो, पत्रकारहरु प्राय कम्प्युटर मोवाईलमा धेरै समय बस्नु पर्ने भएकाले आँखा झिम्काउन भुल्ने र आँखाको ओसिलोपन उड्ने भएकाले केही पत्रकारहरुमा यस्तो समस्या देखिने गरेको हो । साथै उहाँले पत्रकार महासघं दाङसगं सहकार्य गर्दे विभिन्न कार्यक्रमहरु गर्न पाउँदा आफुहरु निकै हर्षीत भएको समेत बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासघंका केन्द्रिय पार्षद सुसील बस्नेतले सधै अरुको बारेमा समाचार लेख्ने पत्रकारहरुका लागी महासघंले निशुल्क आँखा चेकजाचँ कार्यक्रम गरेर महत्वपुर्ण भुमिका खेलेको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष केवि मसाल,रासस दाङ प्रमुख नारायणी रजौरे लगाएतले सञ्चारकर्मीहरुका लागी आँखा चेकजाँच कार्यक्रम राखेर सराहनिय कार्य गरेको भन्दै प्रसंसा गर्नुभएको थियो । नेपाल पत्रकार महासघं दाङले प्रत्येक वर्ष स्थापना दिवसमा राप्ती आँखा अस्पताल रक्षाचौरसगं सहकार्य गर्दे विभिन्न कार्यक्रम गर्दे आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निशुल्क आँखा चेकजाँच कार्यक्रममा तुलसीपुर र घोराहीका गरि ३२ जना पत्रकारहरुले आँखा जाचँ गराएका थिए । जसमा सुसिल बस्नेत,ओपेन्द्र बस्नेत,सविन प्रियाशन,केवी मसाल,गोर्कण पौडेल,बसन्त परियार,चेतन रेग्मी,प्रेम विवश घर्ति,देविराम कुसारी,नारायणी रजौरे,सर्मिला डिसी,यमकला भुसाल,शरद रेग्मी,राकेश बस्नेत,सुरेस सुमन डाँगी,गोपाल शर्मा भट्राई,भागवत भट्राई,लक्ष्मण बस्नेत,जितसागर जिएम रहनुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै धुर्वराज न्यौपाने,सन्तोष केसी,सिब पुन,धनराज स्वर्णकार,निता चौधरी,सरिता चौधरी,दिप्तीशिखा चौधरी,अञ्जना चोधरी,इन्द्र डिसी,भरत चौधरी,सनोद थापा,लक्ष्मण विश्वकर्मा,गणेश आचार्य रहनुभएको छ । नेपाल पत्रकार महासघं दाङका सहसचिव गोर्कण पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा धन्यावाद ज्ञापन सहसचिव सर्मिला डिसीले गर्नुभएको थियो ।

साथै नेपाल पत्रकार महासघं दाङको स्थापना दिवसमा पुष ४ गते घोराहीमा हुन लागेको सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा उपस्थितीका लागी अध्यक्ष सबिन प्रियासनले सबैलाई आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *