१ पुस । पृथ्वी जयन्तीको दिन गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले आउँदो पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
सो दिन नगरभित्र पर्ने सरकारी कार्यालय तथा विद्यालय सबै बन्द रहने नगरपालिकाले जनाएको छ। नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म उत्सवको रूपमा मनाउन बिदा दिइएको नगरपालिकाले जनाएको छ ।