घोराहीमा ४ महिनामा १० करोड राजस्व

दाङ, मंसिर २५ । दाङको घोराही उपमहानगरपालिकाले चालू आर्थिक वर्षको चार महीनामा रू।१० करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चालू आवको यो अवधिमा उपमहानगरपालिकाले रू। १० करोड ७ लाख ८० हजार ३९० राजस्व संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख कृष्णकुमार केसीले बताए ।

उनका अनुसार सबैभन्दा बढी मालपोत कार्यालयबाट आउने रजिष्ट्रेशन शुल्क रू। ५ करोड ४ लाख ८३ हजार ६८४ संकलन भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै सम्पत्ति करबाट रू।९२ लाख २ हजार ९९, मालपोत करबाट रू।४९ लाख ११ हजार १२९, घर जग्गा वहालकरबाट रू।४६ लाख ८१ हजार ८००, व्यवसाय करबाट रू। ६७ लाख ५९ हजार २१२ संकलन भएको छ ।

त्यसैगरी घरनक्सा पास दस्तुरबाट रू।२८ लाख ७५ हजार ९४२, घर अभिलेखीकरण दस्तुरबाट रू।३९ लाख ३० हजार १६४, चारकिल्ला प्रमाणित दस्तुरबाट रू।१३ लाख ३२ हजार ५०८ र घरबाटो कायम सिफारिस दस्तुरबाट रू।२७ लाख ६४ हजार २१६ संकलन भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा रू।२४ करोड ९३ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा रू। २१ करोड ११ लाख ९ हजार ४५८ राजस्व संकलन भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *