लैगिंक हिंसा न्युनिकरण र कानुन कार्यान्वयनमा छलफल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १८ मंसिर | घोराही उपमहानगरपालिका कानुन कार्यान्वयन इकाइको आयोजनामा बुधवार घोराहीमा लैगिंक हिंसा न्युनिकरण र कानुन कार्यान्वयनको विषयमा छलफल गरिएको छ ।  घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले परम्परावादी चिन्तन समाजमा अझै घट्न नसक्दा महिला माथिको थिचोमिचो घट्न नसकेको बताए । उनले अव महिलाहरुलाई शिक्षा, रोजगारमा जोड दिनुपर्ने र समाजलाई सचेतीकरण गर्न अझै समय लाग्ने बताए ।


कार्यक्रममा इन्सेक प्रतिनिधि जेएन सागरले अझै पनि महिला माथि जघन्य अपराधका घटना निरन्तर भइरहेको बताए । उनले विगत ९ महिनामा इन्सेकले जिल्लामा ६२ वटा महिला हिंसाका घटनामा फेला पारेको जानकारी गराए । जसमा दुई वटा हत्या, दुई वटा हत्या दुरुत्साहन, २७ वटा कुटपिट, अपहेलना, २५ वटा बलात्कार र २ वटा अपहरणका घटना घटेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विशेष गरि महिला माथि आफन्त, परिवार भित्रकै चिनजानको व्यक्ति, गुरु, शिक्षकहरुले नै हिंसा गर्ने गरेको पाइएको उनले बताए । अझै पनि लिंग पहिचान गरेर भु्रण हत्या गर्ने, हाडनाता करणी जस्ता घटना पनि कानुनी उपचारको लागि आउने गरेको उनले बताए ।


कार्यक्रममा अधिकारकर्मी विनोद केसीले पछिल्लो समय हुने र नहुने बीचको द्धन्द्ध पनि बढेको सुनाए । आर्थिक कारण पनि हिंसाको घटना हुने गरेको उनको अनुभव छ । कार्यक्रममा महिला मानव अधिकार रक्षकहरुको संजालकी अध्यक्ष हुमा डिसी, अधिकारकर्मी रचना सुवेदी, राधा पौडेल, गोमा महरा लगायतले देशमा राजनीतिक आन्दोलन सफल भए पनि महिला अधिकार स्थापितको लागि अझै सामाजिक आन्दोलनको खाचो रहेको बताए । साथै उनले महिला माथि हुने हिंसा न्युनिकरणको लागि स्थानिय तहबाटै सक्रिताको आवश्यकता औल्याए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश ५ की सदस्य मेनका पोख्रेल, नेपाली काग्रेसकी जिल्ला कोषाध्यक्ष सावित्रा रानाले राजनीतिमा पनि महिलाहरु पछाडी परेको र पारिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

घोराही उपमहानगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख मोति विश्वकर्माले सन् २०२२सम्म घोराहीलाई लैंगिक हिंसा मुक्त घोषणा गर्ने तयारीमा स्थानिय सरकार रहेको जानकारी गराइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख जनक भट्राईले महिला माथि कुनै पनि घटना भए तत्काल प्रहरीलाई खवर गर्न आग्रह गरे । उनले अव महिलाहरुले परम्परावादी चिन्तनबाट मुक्त हुनको लागि पनि आर्थिक ससक्तिकरणमा जोड दिनुपर्ने बताए ।  कार्यक्रमको सहजिकरण लैंगिक हिंसा न्युनियकरण र कानुन कार्यान्वयन शाखाकी प्रतला गौतमले गरेकी थिइन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *