चुनावी सरगर्मी : उमेदवार भोट माग्दै मतदाता विकास

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम.

दाङ, १ मंसिर | तुलसीपुर उपमहानगरपालिका–१ का लालबिर आले उमेरले ७४ वर्षको भए । जीवनको उत्तरार्धमा रहेका आले यसअघि पनि विभिन्न चुनावमा सहभागी भएका छन् । उनले भोट हालेर जिताएका नेताले नोेट कति कमाए कुनै हेक्का त छैन् तर गाँउमा विकास सोचे अनुरुपको पाएनन् । ंमंसिर १४ गते हुने प्रदेश सभा सदस्य छनौटमा उनि फेरि सहभागि हुँदैछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनि अहिलेको चुनावमा त्यागि र कर्तव्यनिष्ट उमेदवारको खोजिमा छन् । ‘ कसैको जीवन बनाइदिनलाई भोट दिने होइन्, भोट भनेको जनताको सुखदुखमा साथ दिने नेतालाई दिने हो ’ उनले भने–‘ त्यसका लागि नेता अनुभवि र त्यागि नेता हुनुपर्छ ।’ यस्तै घोराही उपमहानगरपालिका–१६ की कल्पना सेनले पनि गाँउको विकास र जनताको सुखदुख संग नजिक हुने समाधानमा तत्परता देखाउने प्रतिनिधि छनौट गर्ने तयारीमा छिन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘चिनेको जानेको हुनुपर्छ, त्यस्तो नेतृत्व छनौट गर्ने हो, उनले भनिन्–‘ जनताको समस्यालाई आफ्नो समस्या जस्तै ठान्ने नेतृत्व छनौट गर्ने हो ।’ दाङमा मंसिर १४ गते प्रदेश सभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा मतदाता दक्ष, सक्षम र योग्य उमेदवार छनौट गर्ने तयारीमा छन् । मत माग्नका लागि घरदैलोमा रहेका उमेदवारलाई स्थानीय नागरिकले राज्य व्यवस्था परिवर्तन भएपनि आफुहरु अभावमै रहेको गुणासो गर्दै गाँउको विकासमा गम्भिर बन्न समेत आग्रह गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उमेदवारलाई मतदाताहरुले आफुहरु अहिले पनि सामान्य आधारभूत आवश्यकताबाट बञ्चित रहनुपरेको गुणासो गरेका छन् । उपनिर्वाचन हुने क्षेत्रका नागरिकले गाउँमा भोट माग्न पुगेका उमेदवारलाई हरेक नागरिकले गाँउमा विकास के दिनुहुन्छ भनेर प्रश्न गर्ने गरेका छन् । प्रदेश सभा सदस्यका लागि कांग्रेसका तर्फबाट उमेदवार बनेका केशवराज आचार्यलाई तुलसीपुर–१ का प्रेमबहादुर खत्रीले भने–‘ हामी भोट दिन तयार छौँ, तर हामीहरुलाई विकास के दिनुहुन्छ ? उनले आफुले यसअघि अरु नेतालाई धरैपटक भोट हालेर जिताएको स्मरण गर्दै भोट माग्न आउने उमेदवारलाई गाउँको विकासमा गम्भिर बन्न आग्रह गर्ने गरेका बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘ यसअघि पनि विभिन्न नेताहरुलाई भोट हालेर धेरै पटक जिताइयो तर हामीहरुले देखिने गरी विकास त केहि पाएनौँ’ उनले भने–‘ भोट माग्न आउने अधिकांश नेताहरुले जितेर गएपछि हामीलाई भुल्ने गरेका छन, तपाईमा त्यस्तो हुने छैन् ।’ उपनिर्वाचन हुने क्षेत्रका अधिकांश नागरिकले गाँउ–गाँउमा मत माग्न पुगेका उमेदवारलाई सडक, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

चुनावको मिति नजिकिदै गर्दा दलहरुका उमेदवार र स्वतन्त्र उमेदवार घरदैलो भेटघाटमा पुगेको समयमा नागरिकले गाँउको सामान्य आधारभुत आवश्यक पुरा गरिदिनुपर्ने शर्त राखेका छन् । बबई गाँउपालिका–५ दिलबहादुर घर्तीले नेताहरुले जितेर गएपछि गाँउलाई बिर्सने गरेको भन्दै गाँउको विकास र जनताको समस्यामा अग्रसर हुने नेतृत्वलाई भोट दिने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘जनताका समस्यासंग नजिक हुने र समाधान गर्ने नतृत्व चाहिएको छ, उनले भने– ‘जसले जितेर गएपनि जनताको नुन र गुण नभुलिदिनुहोला ।’ बबई गाँउपालिकाका–५ का मानबहादुर चौधरीले भने–‘वर्षौँदेखिको खानेपानीको समस्यामा छौँ, खानेपानीको समस्या समाधानमा नेताहरुको ध्यान पुगोस् ।’ चुनावको मिति नजिकिदै जाँदा उमेदवारले मतदाता भेटघाटमै व्यस्त बनेका छन् । मतादाता पनि दक्ष, योग्य र सक्षम उमेदवारको खेजिमा छन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर ३ को २ मा १२ राजनैतिक दलका तर्फका उमेदवार र २ स्वतन्त्र गरी १४ जना उमेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् । चुनावी मत परिणाम आफ्नो पक्षमा पार्न १४ जना उमेदवार घरदैलो भेटघाटमा व्यस्त बनेका छन् । प्रदेश सभासदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट केशव आचार्य, नेकपाका तर्फबाट बिमलाकुमारी खत्री, समाजवादी पार्टीबाट डिल्ली बहादुुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपाल रावत, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्र केसी लगायतका उमेदवार चुनावी प्रचार–प्रसारमा लागेका छन् ।

चुनावी प्रतिष्पर्धामा १४ जना उमेदवार रहेपनि विशेषगरी सत्ताधारी नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबिच नै चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । त्यस्तै घोराही वडा नम्बर १६ मा वडा अध्यक्ष पदका लागि ५ राजनैतिक दल र २ स्वतन्त्र गरी ७ जना उमेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् । वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट ताराबहादुर डाँगी, नेकपाबाट सुरेशबहादुर केसी लगायतका उमेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *