दाङ,२१ कार्तिक | चोरी मुद्धामा फरार अभियुक्तलाई दाङ प्रहरीले ४ वर्षपछि पक्राउ गरेकाे छ । चाेरीकाे मुद्दामा अभियाेग लागेका घोराही १३ बाह्रकुने दह बस्ने २३ वर्षीय गोविन्द घर्तीमगर चार वर्षपछि पक्राउ परेका हुन् ।
चोरी गरेको मुद्धामा दाङ देउखुरी जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै २०७२ असोज १९ गते १ वर्ष ६ महिना २० दिन कैद सजाय फैसला सुनाएकाे थियो ।
सोही दिनबाट फरार घर्तीमगरलाई प्रहरीले बुधबार पक्राउ गरी सजाय भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनाेद विक्रम शाहले जानकारी दिए ।