दियाँलो होइन, अव ‘बिजुली’ बल्छ

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, १७  कार्तिक। लामो समयको प्रतिक्षापछि बिजुली पुग्नेभएपछि यहाँको गाउँमा खुशी छाएको छ । दाङको लमही नगरपालिका वडा नम्बर १ सितलापुरको बौराहा, बसन्तपुर, चिसापानी, रातामाटा गाउँमा पहिलो पटक बिजुली पुग्ने भएपछि स्थानीयबासी घरधुरीमा खुशियाली छाएको हो । लमही नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी सुन्डबरीमा बलेको उज्यालो हेरेर रात कटाउनुपर्ने बाध्यतामा रहेको स्थानीय पवन वलीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘गाउँमा बिजुली बत्तीको अभावका कारण निक्कै समस्या भोग्नुप‍¥यो ।’ स्थानीय वलीले भन्नुभयो, ‘बिजुली गाउँमा आउनेपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी तथा अन्य बिजुलीबाट चलाउने विद्युतीय सामग्री चलाउने पाइने भैयो ।’ लमही नगरपालिकाकै सबैभन्दा अति विकटमध्येको सितलापुर, बौराहा, बसन्तपुर, रुने, चिसापानी, रातामाटा गाउँमा मगर समुदायको बसोबास रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बजारभन्दा सात किलोमिटर टाढा रहेको उक्त बिजुलीको अभावमा अँध्यारो रहेको बस्तीमा लमही नगरपालिका सहारा बन्न पुग्यो । ‘दुई सय पचाँस घरधुरीमा सल्लोको देयालो, टुकी र सोलार बत्तीको मद्दतले उज्यालोको निर्वाह गर्दै आएका थियौ ।’ स्थानीय वलीले भन्न्नुभयो, ‘यस्तो विकट ठाउँमा बिजुली आउँन लाग्दा गाउँको मुहार नै परिवर्तन भएको महसुस गाउँले गरेको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

वर्षाको समयमा झरी परेका बेला सोलारले राम्रो र धेरै समय काम नगर्ने र शहर बजारबाट आउने आफ्ना आफन्त, इष्टमित्रलाई अहिलेको जमानामा बिजुली बिनाको अन्धकारमा राख्नु हाम्रा लागि दुर्भाग्य थियो । अब यो समस्या हट्ने भएपछि खुशियाली छाएको स्थानीय वलीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोलारबाट २० वाटको बत्ति बाल्दै आएका गाउँमा बिजुली पुग्नेभएपछि स्थानिय नविन भण्डारीलाई खुशी लागेको छ । दुर्गम गाउँमा विद्युत् पुग्ने भएपछि उत्साहित भएका स्थानिय भण्डारीले भन्नुभयो, ‘अव टुकी, सोलार र सल्लाको देयालोको समस्या हट्ने भयो ।’

गत आर्थिक वर्षमा नगरपालिकाबाट ७६ लाखाको बजेट विनियोजन गरि गाउँमा बिजुलीको पोल, तार विस्तार गर्नुका साथै ट्रन्सफर्मर जडान गरिएको छ । बाकी काम गाउँमा विद्युत् लाइन विस्तार गर्न बाकी रहेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो । ‘अव गाउँमा टुकी, सोलार र सल्लोको देयालो बाल्नुपर्दैन, केही दिनमा बिजुलीले गाउँ झिलिमिलि हुन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रका प्रविधिक प्रमुख नन्दलाल शर्माले गाउँमा विद्युत् विस्तार तथा लाइन पु¥याउने जिम्मेवारी आफ्नो कार्यालय मातहतमा आइपुगेको बताउनुभयो । शर्माले भन्नुभयो, ‘अव धेरै दिन अन्धाकारमा बस्नु पर्दैन ।’ दुई वर्ष पहिले निर्वाचनका बेला त्यस गाउँमा पुग्दा स्थानीयको मुख्य माग विद्युतीकरण रहेको लमही नगरपालिका वडा नं १ का वडाध्यक्ष नुमराज पौडेले बताउनुभयो ।

‘स्थानिय तहको निर्वाचनका बेला त्यहाँका स्थानीयले राखेको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थियौ ।’ वडाध्यक्ष पौडेलले भन्नुभयो, ‘गत वर्ष यो वडाका बाटो निर्माण गरिएको र यसपटक गाउँमा विद्युत् सेवा उपलब्ध गराएका छौँ ।’

प्रदेश सांसद रेवतीरमण शर्माले विकाससंगै विकासको उपभोग गर्ने पनि आवश्यक रहेको बताउनुभयो । सांसद शर्माले भन्नुभयो, ‘विकास गर्ने क्रममा विनाश पनि हुन्छ तर, विरोध गर्नु हुदैन । विरोधको स्वरलाई चिरेर विकास गर्न गर्नुपर्छ ।’

यस्तै अर्का प्रदेश साँसद सरस्वती गौतमले दुर्गम गाउँ र विकासबाट बञ्चित रहेको गाउँका स्थानियहरुको मुहारमा कसरी परिवर्तन ल्याउने र जनताको जीवन स्तर कसरी उकास्न सकिन्छ, यस विषयमा प्रदेश सरकार चिन्तित रहेको बताउनुभयो ।

लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नुमराज पौडेलेको सभापतित्व एवं प्रदेश नं.५ का सांसद रेउतीरमण शर्माको प्रमुख अथिति, सरस्वती गौतम, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको विशिष्ट अथितिमा स्थानियहरूसंग स्थलगत छलफल गरिएको हो ।

बिजुली बाल्न प्राविधिक अध्ययन

लमही नगरपालिका वडा नम्बर १ को शितलापुर, बसन्तपुरमा बिजुली बाल्न बाँकी रहेको कामको प्राविधिक टोलीले अध्ययन गरेको छ । केही विद्युत पोल, एउटा ट्रान्सर्फमर जडान गरेर बिजुली सप्लाइ गर्न सकिने निष्कर्ष प्राविधिक टोलीले निकालेको छ । नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख पुष्पराज मल्ल, प्राविधिक प्रमुख नन्दलाल शर्माको टोलीले स्थलगत अवलोकन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *