जेष्ठ नागरिकले घर आँगनमै स्वास्थ्य सेवा पाएपछि खुसी

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाशगुप्ता
सिसहनियाँ, ७ कार्तिक । राप्ती गाउँपालिका वडा नम्बर ५ तल्लो करङ्गेकाटको ७५ वर्षिय भवी दर्लामी निकै खुसी देखिए ।लामो समयदेखि उच्च रक्तचाप र मुटु रोगबाट ग्रसित दर्लामी घर आँगनमै निःशुल्क स्वास्थ्य सेवा र औषधी पाए पछि निकै खुसी भएका हुन् ।


अस्पतालसम्म जान सक्ने अवस्थाथिएन, गाउँमै स्वास्थ्यशिविर सञ्चालन भएपछि उपचार पाइयो,’ उनले भने । उनीमात्रहोइन सोही ठाउँ निवासी ८७वर्षीय नेमलालथापापनिघुडा दुख्ने समस्याले थलिएको धेरै भयो । घर आँगनमै उपचार रऔषधी पाएपछि उनी पनि निकै खुशी भए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


उनले भने ‘गाउँमै आयोजना गरेको शिविरमा निशुल्क औषधी पाइयो । डाक्टरहरुको सल्लाह लिन पनि पाइयो । अब मलाई सञ्चो हुने भयो ।
त्यस्तै ६२ वर्षिय ईश्वरबहादुर विक शिविरमा सामान्य उपचार र चिकित्सको सल्लाह पनि पाएपछि आधा रोग निको भएको जस्तो आफुलाई लागेको बताए ।शिविरले हामीलाई फाइदा भएको छ । उनले भने, ’सामान्य उपचारको लागी १–२ घण्टाको पैदल दुरीमा सिसहनियाँ पुग्नु पर्ने बाध्यता थियो गाउँमै सेवा पाउँदा एकदमै खुसी लागेको छ ।

स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको)को आयोजना एवं बिष्ट स्वास्थ्य पोलिक्लिनिकको प्राबिधिक सहयोगमा राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित जनताआधारभुत विद्यालय कङगेकोटमा बुधबार जेष्ठ नागरिकहरूका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिविरमा ३६ जना जेष्ठ नागरिकले सेवा लिएका थिए । जसमा नशा, ढाड कम्मर दुख्ने, दम,उच्च रक्तचाप,रुघाखोकी लगायतका विरामी आएका थिए ।जेष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच पुराउने उद्देश्यले शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।शिविरमा डा.विवेक पन्थी र स्वास्थ्यकर्मी प्रकाश विष्टले स्वास्थ्य चेकजाँच तथा परिक्षण गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *