विद्युतको पौने करोड महसुल उठाउँनै बाँकी

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, ८ कात्तिक | विद्युत प्राधिकरण घोराही वितरण केन्द्रको तथ्याङमा हेर्दा करिव पौने करोड महसुल उठाउन बाँकी रहेको देखिन्छ ।
विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका लेखा शाखाका राम अवतारका अनुसार अघिल्लो महिनाको अन्तिम अर्थात असोज महिनासम्म मात्रै यस क्षेत्रका सरकारी कार्यालयबाट १७ लाख ४० हजार रुपैयाँ महसुल उठाउन बाँकी देखिन्छ । उहाँका अनुसार सरकारी विद्यालय, कार्यालय, स्वास्थ्य केन्द्र, वडा कार्यालयहरुको विद्युत महसुल उठाउँन बाँकी छ ।


यस्तै अन्य विभिन्न निजि र व्यवसायीक साना ठुला उद्योग, निजि विद्यालय,ले पनि समय मै महसुल बुझाएको देखिदैन । गत महिना भित्र मात्रै यस केन्द्रबाट ७४ लाख ७३ हजार रुपैयाँ विद्युत महसुल उठाउँ बाँकी रहेको लेखापाल शाहले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका सुचना अधिकारी वमबहादुर बुढाथोकीका अनुसार ६० दिनभित्र विद्युत महसुल नबुझाउनेको लाइन काट्ने कानुनी प्राब्धान रहेको हुदाँ आफुहरुले सोही अनुसारको कार्य गरिरहेको बताउनुहुन्छ । ‘सुरुमा एक पटक महसुल समयमा बुझाउनको लागि प्रत्राचार गर्छौ ।’ उहाँले भन्नुभयो ‘समयमा बुझाएन भने लाइन काट्छौ ।’ त्यस्तै समयमा महसुल नबुझाउनेलाई २५ प्रतिशतका दरले जरिवाना पनि लिने गरेको कार्यालयको भनाई छ ।

सुचना अधिकृति बुढाथोकीले यसो भने पनि यस केन्द्रबाट त्यसरी सरकारी वा नीजि क्षेत्रबाट समयमा विद्युत महसुल नबुझाउनेको तुरुन्तै लाइन काटिएको देखिदैन । केही केहीले मात्रै महसुल बुझाउन आनाकानी गरे पनि सबैले हालसम्म समय मै महसुल बुझाएको सुचना अधिकृत बुढाथोकी बताउनुहुन्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *