महशुल नतिर्ने ग्राहकको लाईन काटिदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २६ असोज | नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले विद्युत प्रयोग गर्ने तर महशुल नतिर्ने ग्राहाकको लाईन काट्ने तयारी गरेको छ । वितरण केन्द्रले एक सार्वजनिक सुचना जारी गरी दुई महिना देखी महशुल नबुझाएका ग्राहाकहरुको लाईन काट्ने तयारी गरेको हो । त्यसका लागि उपभोक्ताहरुलाई तत्काल महशुल रकम बुझाउन केन्द्रले आग्रह समेत गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२ महिना देखी महशुल नबुझाएका ग्राहाकलाई तत्काल रकम बुझाउन र स्विकृत नलिई क्षमता बढाएका उपभोक्तालाई कार्वाही र लाईन काटिने केन्द्रले जनाएको छ । वितरण केन्द्रले करिब ३६ हजार घरमा विद्युत जडान गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ति मध्य ११ हजार बढी उपभोक्ताहरुको २ महिना देखी बर्षौ सम्मको महशुल बुझाउन बाँकी रहेको केन्द्रका सूचना अधिकृत बमबहादुर बुढाथोकीले जानकारी दिनुभएको छ । विद्युत प्रयोग गर्ने तर महशुल नतिर्ने सामान्य उपभोक्ता देखी उद्योग, कलकारखाना र सरकारी कार्यालय समेत रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *