कैलालीमा अचम्म : आमालाई करणीको प्रयास, छोरा पक्राउ

कैलाली, असोज २५ ।  आफ्नै आमालाई करणीको प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। कैलालीको बर्दगोरीया गाउँपालिका १ मुडामा आफ्नै आमालाई बलात्कार गर्न खोज्ने २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो। शुक्रवार राती घरमा कोही नभएको मौका छोपी उनले आमालाई करणीको प्रयास गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘राति करिब ८ः३५ बजे बलात्कारको प्रयास भएको भन्ने आज उजुरी आएको छ’  इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरि शरण भट्टले भने, ‘करणीको प्रयास गर्ने छोरालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी दर्ता भएको छ।’  इलाका प्रहरी कार्यालय सुखडमा शनिवार बिहान मुद्दा दर्ता भए पनि प्रहरीले बादीलाई शुक्रवार साँझ नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

‘घटना भएको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश सिंह कार्की भने ‘अब स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ।’  पीडक युवकमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिने प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *