तुलसीपुरबाट सात जुवाडे पक्राउ

 दाङ, दाङ, असोज २५ । दाङको तुलसीपुरमा सात जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँस्थित विरेन्द्रमान श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा ५२ हजार ८ सय ३० रुपैंया नगद र १० गड्डी ताससहित सात जुवाडे पक्राउ परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ पर्नेमा तुलसीपुर ६ निवासी ५० बर्षीय नारायण केसी, ४६ बर्षीय इन्द्रकुमार बुढाथोकी, ३८ को सञ्तोष केसी, ३८ बर्षीय हेमराज अधिकारी, ४१ बर्षीय खड्क न्यौंपाने, ५५ बर्षीय भिमबहादुर खड्का र ५८ बर्षीय चूर्णबहादुर नेपाली रहेको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।

उनीहरु गोप्य सूचनाको आधारमा शुक्रवार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका सबैलाई जुवा ऐन सम्वन्धि मुद्दा चलाइएर आवश्यक कारवाही अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *