४५ बिगाह क्षेत्रफलमा किम्बु खेती

दाङ, असोज २३ । दाङको देउखुरीमा रेशम धागो उत्पादनका लागि किम्बुको व्यवसायिक खेती गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२०७३ सालदेखि सुरू भएको किम्बु खेती अहिले ४५ बिगाह क्षेत्रफलमा फैलिएको हो । कपडा बनाउनका लागि प्रयोग गरिने रेशम धागो उत्पादन गर्न सकिने भएपछि दाङको देउखुरीका स्थानीय किम्बुखेतीतर्फ आकर्षित भएका छन् ।

धागो उत्पादन हुने रेशम किराको मुख्य खाना किम्बु हो । २०७३ सालमा धादिङवाट देउखुरी गढवा गाउँपालिका वडा नं। ३ हडैयाँमा आईपुगेको महेशदत्त अधिकारीले १० बिगाह जमिनबाट सुरु गरेको किम्बु खेती पछिल्लो समय स्थानीयले समेत सुरू गरेका हुन् । दश विगाह जमिनवाट सुरु भएको व्यवसाय अहिले पश्चिम नेपालकै ठूलो व्यवसाय भएको अधिकारीको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एक लाख ५० हजार किम्वुका बिरुवा रोपेर व्यवसाय सुरुवात गरेका उनले हाल १६ लाख विरुवा पुर्‍याएका छन । हालसम्म करिव ५० लाख रुपैयाँ लगानी गरेको बताउने अधिकारीले यस बर्षमात्र १२ लाख नयाँ विरुवा उत्पादन गरेका छन् ।

दाङमा एक सय बिगाह बढी जमिनमा किम्बु खेती विस्तार गर्ने लक्ष्य लिएका उनले किम्वुको व्यवसायमा ३० जनालाई रोजगारी समेत प्रदान गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले उत्पादन गरेको ८० प्रतिशत रेशम धागो जापान, अमेरिका लगायतका मुलुकसम्म पुग्ने गरेको छ । यसको व्यावसायिक खेतीलाई अघि बढाउन सके रोजगारीका लागि कोही पनि विदेशिन नपर्ने अधिकारी बताउँछन् ।

कम मेहनतमै धेरै उत्पादन हुने भएकाले पनि किम्वुको व्यावसायिक खेतीतर्फ धेरैको रुचि बढ्न थालेको छ । अधिकारीको सफलताबाट प्रभावित भएर पछिल्लो समय देउखुरीका धेरै किसानले यो व्यवसाय सुरुवात गरेका छन् । देउखुरीका गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका धेरै स्थानमा अहिले व्यावसायिक किम्बु खेती फस्टिँदै गएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *