कृषकमा उत्साह थप्दै ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

कृषि उत्पादन दोब्बर बनाउँदै कृषिमा आत्मनिर्भर प्रदेश बनाउने उद्देश्यका साथ सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पश्चिम नवलपरासीमा प्रभावकारी र नमूना बनेको छ ।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रको एक गाउँलाई नमूना कृषि गाउँका रूपमा स्थापित गर्ने लक्ष्यसहित प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकता दिएर यो कार्यक्रम सञ्चालन गरेपछि यहाँका कृषक निकै उत्साहित बनेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश नं ५ सरकारले प्रदेशसभा सदस्यहरूमार्फत सञ्चालन गरिरहेको यो कार्यक्रम जिल्लाका चार स्थानमा सञ्चालनमा छ । आर्थिक तथा प्राविधिक सहयोग निरन्तर हुन थालेपछि कृषक उत्साहित भएका हुन् । चार वर्षसम्म निरन्तर सञ्चालन हुने र प्रत्येक वर्ष नै बजेटसमेत विनियोजन हुँदै आएकाले आफूहरू उत्साहित भएको स्मार्ट कृषि गाउँ कार्यान्वयन समिति सरावलका सदस्य एवं कृषक दामोदर देवकोटा बताउनुहुन्छ ।

“हामीजस्ता कृषकलाई व्यावसायिक कृषिमा आकर्षित गर्दै कृषि गाउँका रूपमा विकास गर्ने उद्देश्यले प्रत्येक वर्ष बजेट नै विनियोजन हुने गरी पहिलो पटक यस्तो कार्यक्रम सञ्चालनमा आएको हामीले महसुस गरेका छौँ, प्रत्येक कृषकले आर्थिक र प्राविधिक सहयोग पाउँदा हामीलाई निकै प्रोत्साहन र उत्साह बढेको छ, उहाँले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरावल गाउँपालिका–२ को मगरमुडाहा, पट्खौली र अत्रहटी गाउँलाई लक्षित गरी सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत यहाँ बाख्रापालनलाई प्रवद्र्धन गरिएको छ । यस कार्यक्रममार्फत यहाँका ४० घरधुरी प्रत्यक्ष लाभावन्ति भएका छन् । यो कार्यक्रम प्रभावकारी बन्दै गएपछि यहाँका कृषकले व्यावसायिक रुपमै बाख्रापालन गरेका छन् । बाख्रापालनबाट राम्रो आम्दानी र बजारको पनि समस्या नभएकाले आधुनिक तरिकाले व्यावसायिक रुपमै बाख्रापालनलाई अघि बढाइएको किसान बताउँछन् । स्थानीय जातको बाख्रा पाल्दै आएका यहाँका कृषकका लागि स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत उन्नत जातको बाख्रा, बोका र आधुनिक खोर निर्माणमा प्रदेश सरकारले ८० प्रतिशत आर्थिक तथा प्राविधिक सहयोग गरेको छ भने बाँकी २० प्रतिशत स्वयम् कृषकले नै लगानी गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिले जनाएको छ ।

प्रदेश सरकारले पाँच वटा बाख्रा वितरण र आधुनिक खोरसमेत निर्माण गरिदिएपछि पट्खौलीकी कलितादेवी थारू बाख्रापालनमा उत्साहका साथ लाग्नुभएको छ । विगतमा कृषि प्रर्वद्धनका थुप्रै कार्यक्रम छन् भनेर सुन्ने मात्र गरेको तर अहिले प्रत्यक्ष अनुभव गर्न पाएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “प्रदेश सरकारले सहयोग गरेपछि हामीलाई निकै हौसला बढेको छ, सरकार हाम्रै लागि रहेछ भन्ने अनुभव गर्न पाएका छौँ, बाख्रापालनबाट बिस्तारै आम्दानी पनि गर्न थालेका छौँ खुशी छौँ ।”

Blog Post Ad Blog Post Ad Blog Post Ad

विगतमा सामान्य खोरमा एक÷दुई वटा बाख्रा पाल्दै आउनुभएकी थारूले अहिले आधुनिक खोर बनाएर बाख्राको सङ्ख्या पनि बढाउँदै लगेको बताउनुभयो । गत आवदेखि सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत प्रत्येक कृषकलाई प्रारम्भमा पाँच वटा बाख्रा वितरण गरिएको थियो तर अहिले यहाँका सबै कृषकको खोरभरि बाख्रा छन् ।

व्यावसायिक रुपमै बाख्रापालन गर्न थालेपछि कृषकहरूले घाँस खेती पनि शुरु गरेका छन् । “पहिला घाँस खेती गरिन्थेन, बाख्रालाई घाँस खुवाउन समस्या हुन्थ्यो, अहिले त धेरै सजिलो भएको छ, दाना पनि अनुदान पाएका छौँ, अब हामीलाई घाँस काट्ने प्रविधि सरकारले सहयोग गरो भन्ने अपेक्षा गरेका छौँ”, थारूले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोही स्थानकी भगवती चौधरीले खोरमा रहेका बाख्रा देखाउँदै भन्नुभयो, “बाख्रापालनमा म नयाँ हो, निकै फाइदा रहेछ, चुलोचौकाको काम सकिएपछि दिनभरिको समय बिताउनै समस्या हुन्थ्यो, अहिले त समय पनि बितेको थाहा हुँदैन, आम्दानी पनि हुन थालेको छ ।”

स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिले कृषकहरूलाई आवश्यकताअनुसार घाँसको बीउ, जुकाको औषधि, दानालगायत वितरण गर्दै आएको छ भने बेलाबेलामा बाख्रामा भ्याक्सिन पनि लगाउन सहयोग गर्ने गरेको समिति सदस्य देवकोटाले जानकारी दिनुभयो ।

कृषकलाई थप प्रोत्साहन गर्न समितिले कृषि सूचना केन्द्र पनि सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरण र बिक्री वितरणमा सहयोग पु¥याउन सूचना केन्द्र सञ्चालनमा ल्याएको समितिले जनाएको छ ।

सूचना केन्द्रले कृषकका उपज तथा पशुपालनको अवस्थाका बारेमा सूचना सङ्कलन गर्ने, उत्पादक र उपभोक्ताबीच समन्वय गराई किसानलाई उचित मूल्य तथा उपभोक्ताले पनि गुणस्तरीय वस्तु पाउने वातावरण सिर्जना गर्न भूमिका खेल्दै आएको समितिका अध्यक्ष चेतनारायण चौधरीले बताउनुभयो । यसबाट कृषकहरूमा हौसला बढ्न गई उत्पादन वृद्धि हुने उहाँको विश्वास छ ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिकासहित बर्दघाट नगरपालिका–१३ धनेवा, प्रतापपुर गाउँपालिका–८ पिपरपाती र रामग्राम–१५ शुक्रौलीमा यो कार्यक्रम सञ्चालनमा छ । चारवटै स्थानमा अहिले यो कार्यक्रम प्रभावकारी र नमूनाका रूपमा रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख राममिलनप्रसाद विश्वकर्मा बताउनुहुन्छ ।

कृषि क्षेत्रको औद्योगिकीकरण, बजारीकरण, नाफामुखी र दिगो कृषि विकास गरी कृषकहरूको आयस्तर वृद्धि गर्न नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन गरिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो । “प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषि हो, उत्पादन दोब्बर बनाउने लक्ष्यसहित हाम्रो प्रदेशका ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने गरी यो कार्यक्रम सञ्चालन गरिएको हो”, मन्त्री चौधरीले भन्नुभयो ।

स्मार्ट कृषि गाउँका रूपमा छनौट भएका गाउँमा खाद्यान्न, तरकारी, फलफूल र पशुपालनलाई जोड दिइएको छ । छनोट भएका प्रत्येक गाउँले गत आवमा ५० लाखका रुपैयाँको दरले बजेट प्राप्त गरेका थिए । उक्त बजेटले उत्पादनदेखि बजारसम्म कृषकलाई सहयोग गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *